Logo

२०८३, आश्विन १०गते


images
images

२ पटक सर्किट लागेर ४७ अंकमा सीमित शेयर बजार

२ पटक सर्किट लागेर ४७ अंकमा सीमित शेयर बजार

images
  • सेतोमसी सहकर्मी
  • २ पटक सर्किट लागेर ४७ अंकमा सीमित शेयर बजार
    images
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन शेयर बजारमा उछाल आएको छ । शेयर बजार खुलेको एक मिनेटमै सकारात्मक सर्किट हानेर २० मिनेट बन्द भएको बजारमा खुल्ने बित्तिकै पुन दोस्रो पटक पनि सर्किट हानेको थियो ।

    images
    images
    images

    त्यसपश्चात् घट्दै गएको शेयर बजार अन्तिम समयसम्म ४७ दशमलव ०४ अंकमा सीमित भएको छ । अन्तिम समयमा नेप्से परिसूचक २ दशमलव २९ प्रतिशतले बढेर २१०० को विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आज २२७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटाको घटेको छ । आज सबैभन्दा धेरै एनआरएनको १२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्सको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, यूनाइटेड इर्दी मर्दीको पनि १० करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    images
    images
    images

    आज ३१५ कम्पनीका ६० हजार ७ सय २० कारोबारबाट ११ करोड ६४ लाख ५ हजार ९ सय ५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आजको कारोबार रकम ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० पुगेको छ ।

    सरकार परिवर्तन हुने उत्साह सँगै  शेयर बजारमा देखिएको छ । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ गठबन्धनको सरकार बन्ने भएपछि शेयर बजारमा उछाल आएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेयर बजार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।