Logo

२०८३, आश्विन १०गते


images
images

शेयर बजारमा फर्कियो रौनक, ४६ अंकले बढ्यो नेप्से

शेयर बजारमा फर्कियो रौनक, ४६ अंकले बढ्यो नेप्से

images
  • शेयर बजारमा फर्कियो रौनक, ४६ अंकले बढ्यो नेप्से
    images
    images

    काठमाडौं ।  मंगलबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.६९ अंकले बढेसँगै बजारमा रौनक फर्किएको हो । 

    images
    images
    images

    नेप्से १.७६ प्रतिशतले बढेर २६९२.०५ विन्दुमा पुगेको छ । दिनभरमा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार बारबारको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर कारोबार भएको छ । 

    images
    images
    images

    २२१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
    आज दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा ६८ हजार ६१४ पटक शेयर किनबेच भएको छ । आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    images
    images
    images

    आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी ३.६० प्रतिशतले बढेर १३ हजार १९९.०९ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.३५ प्रतिशतले बढेर ३ हजार ५९८.३९ विन्दुमा पुगेको छ । 

    त्यस्तै, वाणिज्य बैंक समूह १.६० प्रतिशतले, विकास बैंक २.३२ प्रतिशतले, फाइनान्स ०.३८ प्रतिशतले, होटल तथा पर्यटन २.७७ प्रतिशतले, हाइड्रोपावर २.०३ प्रतिशतले, लगानी १.३६ प्रतिशतले, जीवन बीमा १.८० प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.९७ प्रतिशतले, लघुवित्त १.५० प्रतिशतले, म्युचुअल फण्ड १.३३ प्रतिशतले र अन्य समूह १.५७ प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • # शेयर बजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।