Logo

२०८३, श्रावण ३०गते


images
images

एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन आज

एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन आज

images
  • सेतोमसी सहकर्मी
  • एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन आज
    images
    images

    काठमाडौं । एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया बिहीबार सुरु हुँदै छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

    images
    images
    images

    महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार छन् । सहमतिको प्रयास पनि जारी रहेको नेताहरूले दाबी गरेका छन् । पदाधिकारीमा सहमति र केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन हुने सम्भावना बढी रहेको नेताहरू बताउँछन् । पदाधिकारीमा सहमति नभए प्यानल प्रतिस्पर्धाको तयारी रहेको एक नेताले जानकारी दिए । ‘सहमतिको प्रयास जारी छ । सहमति हुन सकेन भने माथिदेखि तलसम्मै प्यानल बन्ने सम्भावना छ,’ ती नेताले भने ।

    images
    images
    images

    दस्ताबेजमाथि समूहको निष्कर्ष प्रस्तुत गर्दै समूह नेताहरूले पनि सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् । समूह नेताहरूले अध्यक्ष र महासचिवसहितको पदमा सर्वसम्मत गरेर सम्मानित नेतालाई थप अधिकार दिन सुझाव दिएका छन् । दस्ताबेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको थियो । समूह नेताहरूले नीतिका साथै नेतृत्वको विषयमा पनि सुझाव दिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताए । ‘स्वाभाविक रूपमा नीतिका साथै नेतृत्वको विषयमा पनि सुझाव आयो । बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुन्छ । अहिले सहमतिको प्रयास जारी छ,’ उनले भने । 

    प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् । 

    भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्ने भएको छ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने भएको छ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन् । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।

    ३२ देशका कम्युनिस्ट पार्टीले दिए शुभकामना
    एकीकृत समाजवादीको १०औँ महाधिवेशनलाई ३२ देशका कम्युनिस्ट पार्टीले शुभकामना दिएका छन् । महाधिवेशनको चौथो दिन विदेश विभाग प्रमुखको नाताले सम्मानित नेता खनालले विभिन्न देशका कम्युनिस्ट पार्टीले शुभकामना दिएको महाधिवेशन हललाई जानकारी दिए । शुभकामना दिनेमा चिनियाँ कम्युुनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी), सिपिआई (भारतीय), सिपिआई (एमएल), कम्युनिस्ट पार्टी (बंगलादेश), पिपुल्स लिब्रेसन फ्रन्ट (श्रीलंका), कम्युनिस्ट पार्टी अफ (बर्मा), लाओस पिपुल्स लिब्रेसन पार्टी (लाओस), मलेसियन समाजवादी पार्टी (मलेसिया), कोरियन कम्युनिस्ट पार्टी (उत्तर कोरिया), कोरियन लेबर पार्टी (दक्षिण कोरिया), कुवेत पार्टी (कुवेत), कुर्दिस्तान कम्युनिस्ट पार्टी (कुर्दिस्तान), प्यालेस्टाइन पिपुल्स पार्टी (प्यालेस्टाइन), अस्ट्रेलियन कम्युुनिस्ट, रोमानिया कम्युनिस्ट पार्टी, डेनिस कम्युनिस्ट पार्टी, बेल्जियम वर्कस पार्टी, जर्मन मा.ले. पार्टी, स्विस कम्युनिस्ट पार्टी, फ्रान्सेली कम्युुनिस्ट पार्टी रहेका छन् । 

    त्यस्तै, स्पेन कम्युनिस्ट पार्टी (समाजवादी), पटालोनिया पार्टी, आयरल्यान्ड पार्टी (सेमफेन), विश्व श्रमिक पार्टी (अमेरिका पार्टी), पार्टी सोसियलिस्ट डेमोक्रेटिक (अमेरिका), सार्क रेमुल्जिम सड, कती कम्युुनिस्ट पार्टी चिली, कम्भुमिवर फट, क्युबा कम्युनिस्ट पार्टी, भेनेजुयला कम्युनिस्ट पार्टी, इरान कम्युनिस्ट पार्टीले पनि शुभकामना दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।