Logo

२०८३, आश्विन १२गते


images
images

रजतबर्षको अवसरमा फर्निचर उद्योग संघ रुपन्देहीको वृक्षारोपण कार्यक्रम

रजतबर्षको अवसरमा फर्निचर उद्योग संघ रुपन्देहीको वृक्षारोपण कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • रजतबर्षको अवसरमा फर्निचर उद्योग संघ रुपन्देहीको वृक्षारोपण कार्यक्रम
    images
    images

    बुटवल  । फर्निचर उद्योग संघ रुपन्देहीले रजतजयन्तीका अवसरमा वृक्षारोपण गरेको छ । आफ्नो २५ औ स्थापना दिवसमा संघले बिहीबार बुटवलको हिलपार्क क्षेत्रमा २५ वटा टिकका बिरुवा रोपेको हो । 

    images
    images
    images

    वृक्षारोपण कार्यक्रममा   बोल्दै पुर्व अध्यक्ष विष्णुप्रसाद पाण्डेले हरेक स्थापना दिवसमा वृक्षारोपण कार्यक्रम गर्दै  आएको र यो पटक पनि निरन्तरता दिएको भन्दै बिरुवा रोपेर स्थापना दिवस मनाइ रहँदा   उमेर पुगेपछि सहजै काठ उद्योगीहरूले काठको उपयोग गर्न पाइने नीति बन्नुपर्नेमा जोड दिए । 

    images
    images
    images

    कार्यक्रममा हिलपार्क परिषद्का महासचिव टंकप्रसाद पराजुलीले स्वदेशमा उत्पादन हुने काठको विषयमा भएका नीति नियम संशोधन नगरेसम्म काठ उद्योगीहरू फस्टाउन नसक्ने बताए । पराजुलीले स्वदेशमा उत्पादित रुखलार्ई संरक्षण तथा  संवर्द्धन गर्ने तर आम्दानीको स्रोत बनाउनमा सरकार चुकेको उल्लेख गर्दै बर्सेनि  हाम्रो जङ्गलमा सुकेर ढले पदेका रुखहरू  कुहेर सदेर जाने  बिदेसी  काठ हरू र फर्निचर  हरू नेपाल भित्रिने सरकार को बन नीति  हात्तीको देखाउने दाँत बनाएको आरोप लगाए ।

    images
    images
    images

    फर्निचर उद्योग संघ रुपन्देहीका अध्यक्ष तेजप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पराजुलीले नीति निर्माणमा कमजोरी, फितलो कार्यान्वयन पक्ष,विभिन्न बेथिति आर्थिक  मन्दीका कारण फर्निचर उद्योगहरू समस्यामा परेको बताए ।  

    संघका सचिव लिल कार्कीले बिहीबार दिउसो नै रजत जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा फर्निचर तथा फर्निसिङ महासङ्घका केन्द्रीय सचिव अशोक कुवंर, संघका निबर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य सावित्रा टण्डन, वृक्षारोपण कार्यक्रमका  संयोजक तथा संघका उपाध्यक्ष नेत्र रुचाल , संस्थाका महासचिव खिम बहादुर खड्का लगायतले देशभरका काठ उद्योगीहरू एक भएर यो क्षेत्रमा देखिएका बेथिति हटाउन राज्यलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वृक्षारोपण कार्यक्रम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।