लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा आठौँ बर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । आइतबार राजकीय बौद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर बर्षाबासको आरम्भ गरेका गरेका हुन् ।
भिक्षु धम्मले बर्षाबास कार्यक्रमले नेपालीहरुलाई भगवान बुद्धको उपदेशहरुको ज्ञान लिन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । नेपालीहरुलाई विश्वभर भगवान बुद्धको देशका मानिस भनेर चिनिने भएका कारण सबै नेपालीले बुद्धको ज्ञान लिनु आवश्यक रहेको उनले बताए । लुम्बिनी आधात्मिक आमा भएको उल्लेख गर्दै लुम्बिनीबाट के पाएँ भन्दा पनि के दिएँ भनेर सोच्नु पर्ने बताए । उनले लुम्बिनी परिसरमा फोहोर व्यवस्थापन कमजोर भएको भन्दै आमामाथि फोहोर फाल्दा आमालाई पिडा हुने कुरा स्मरण गर्न आग्रह गरे ।
यु.एन.डि.पि.का लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले संयुक्त राष्ट्र संघले सन २०१६ देखि २०३० सम्म दिगो विकास लक्ष्य घोषणा गरेर काम गरिरहेको स्मरण गर्दै लुम्बिनीका स्थानीयसँग मिलेर फोहोर व्यवस्थापनको क्षेत्रमा काम गरीरहेको जानकारी दिए । विश्व समुदायको हितका लागि शान्ति पहिलो सर्त भएकाले शान्तिका प्राप्तिका लागि समुदाय स्तरमा बुद्ध शिक्षा पु¥याउनु पर्नेमा उनले जोड दिए । विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानहरुले धार्मिक सहिष्णुता जोगाइ राख्न महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई छ ।
लुम्बिनी साँकस्कृति नगरपालिका उपप्रमुख कल्पना हरिजनले विभिन्न समयमा लुम्बिनीको पहिलो राजकीय बौद्ध विहार भत्काउने बिषय उठ्ने गरेको भन्दै बुद्ध जन्मेको स्थानमा बुद्ध विहार भत्काउँदा संसारभर नराम्रो जाने बताइन् । उनले बिहारलाई लुम्बिनी विकास गुरुयोजना भित्र राखेर पुननिर्माण काम गर्न सरोकारवालाई सुझाव दिइन् । उनले लुम्बिनीमा रहेका अधिकांश गुम्बा र विहारहरु स्थानीय संग जोडिन नसकेको दुखेसो समेत गरिन् ।
बर्षातको तीन महिना प्रतिकुल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिका सहित भिक्षुहरु सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई बर्षाबास भनिन्छ ।
साउन पूर्णिमादेखि सुरु भएको बर्षाबास ३ महिनापछिको पूर्णिमामा समापन हुनेछ । बर्षाबास कार्यक्रम व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ । बर्षाबासको अवधिभर दैनिक धर्मदेशना, पुजा लगायतका विभिन्न धार्मिक गतिविधिहरु सञ्चालन गरिने कार्यक्रम संयोजक मीरा गौतमले जानकारी दिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology