सुरज श्रेष्ठ, बिरगंज । विरगंजमा मोटरसाइकल चोरी गर्दै गर्दा एक जना पक्राउ परेका छन् । विहिवार बीरगञ्जको पानीटंकी स्थित प्रभु अस्पताल अगाडि खाली ठाउँमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्दै गर्दा प्रहरी पक्राउ गरेको हो ।
पर्सा कै धोबीनी गाउँपालिका वडा नं. ४ का गौरभ पटेलको प्र.२- ०३- ००८ प ७१३६ नं. को २२० सिसिको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा बारा कोल्वी नगरपालिका ६ बस्ने जित बहादुर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२ जना व्यक्तिले मास्टर साँचो बनाई लक खोली चोर्दै गरेको अवस्थामा प्रहरी चौकी बसपार्क, बीरगञ्जबाट नियमित गस्तीमा खटिएको टोलीले जित बहादुर चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
चोरीमा संलग्न अर्को व्यक्ति घट्नास्थलबाट फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology