Logo

२०८३, आश्विन ९गते


images
images

पर्सामा संक्रमित बढेपछि बैशाख १६ देखि २२ सम्म निषेधाज्ञा गर्ने प्रशासनको निर्णय

पर्सामा संक्रमित बढेपछि बैशाख १६ देखि २२ सम्म निषेधाज्ञा गर्ने प्रशासनको निर्णय

images
  • सेतोमसी सहकर्मी
  • पर्सामा संक्रमित बढेपछि बैशाख १६ देखि २२ सम्म निषेधाज्ञा गर्ने प्रशासनको निर्णय
    images
    images

    सुरज श्रेष्ठ, बिरगंज । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बैशाख १६ गते बिहान ४ बजेदेखी २२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरेको छ । पर्सा जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै डिसिसिएमसीको मंगलवार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    संक्रमितका साथै मृतकको संख्या पनि दिनप्रतिदिन बढ्दो क्रममा छ ।  २ दिनमा ६ जना संक्रमितको मृत्यु भएको छ ।संक्रमणको दर उच्च रहेको पर्सामा कोरोना नियन्त्रण, संक्रमितको उपचार तथा व्यवस्थापन लगायतका कार्यहरुलाई व्यवस्थित गर्ने सम्बन्धमा डिसिसिएमसीको बैठक केन्द्रित थियो ।

    images
    images
    images

    नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्डभित्र रही कोरोना संक्रमितको उपचार गर्न/गराउन अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । 

    images
    images
    images

    साथै तत्कालका लागि २ सय  शैययाको कोभिड संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिरगंज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।