Logo

२०८३, आश्विन ९गते


images
images

निषेधाज्ञा उलंघन तथा प्रहरीमाथि अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ

निषेधाज्ञा उलंघन तथा प्रहरीमाथि अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • निषेधाज्ञा उलंघन तथा प्रहरीमाथि अभद्र व्यवहार गर्ने पाँच जना पक्राउ
    images
    images

    सुरज श्रेष्ठ, वीरगञ्ज । निषेधाज्ञा उलंघन गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने पाँच जना वीरगञ्जबाट पक्राउ परेका छन् । कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञालाई उलंघन गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक भारतीय नागरिकसहित पाँच जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। 

    images
    images
    images

    पक्राउ परेकाहरुले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानमा निषेधाज्ञालाई उलंघन गर्दै जिल्ला प्रहरीबाट खटिएका पिकेट, मोबाइल तथा मोटरसाइकलका गस्ती टोलीमाथि अभद्र व्यवहार गर्दै प्रहरीको काम कारवाहीमा अवरोध पुर्‍याएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए । 

    images
    images
    images

    निषेधाज्ञा उलंघन गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी २६ वर्षीय साहेब शेख, वडा नम्बर ३ का १९ वर्षीय हनिफ हुसेन र वडा नम्बर १३ का ३० वर्षीय मोहम्द असरफ राइनलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    त्यसैगरी पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीय भोला प्रसाद साह र भारतीय विहार राज्य बेतिया वैरिया वडा नम्बर ३ निवासी मुन्ना साहलाई पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिए ।

    प्रहरीले उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर, सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कसूर मुद्दा चलाएको डिएसपी खनालले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिरगंज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।