देवदह । देवदह-७ शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा बारिस्टा वर्कशप सुरू भएको छ । सगरमाथामा होटल म्याजेन्मेमेन्ट पढ्ने विद्यार्थीहरूको लागि मंगलबारदेखि ४ दिने बारिस्टा वर्कशप सुरू गरिएको विद्यालयले जनाएको छ ।
माछापुछ्रे बारिस्टा एण्ड कफी स्कूल बुटवल र खैरेनी शाखाको सहजीकरण सुरू भएको तालिममा सगरमाथाको कक्षा ११ र १२ मा होटल म्याजेन्मेमेन्ट पढ्ने १५० जना विद्यार्थी सहभागी भएको विद्यालयका कोर्डिनेटर दिपेश विक्रम मल्लले जानकारी दिए ।
वर्कशपमा माछापुछ्रे बुटवलका प्रमुख प्रदीप खड्का, खैरेनी शाखाका प्रमुख भानु पंगेनी र सगरमाथाकै पुर्व विद्यार्थी समेत रहेका ट्रेनर सचिन केसीले सहजीकरण गरेका छन् ।
रूपन्देही जिल्लामै पहिलो पटक विद्यालयमा बारिस्टा वर्कसप संचालन गरिएको दावी गर्दै स्कुलका प्राचार्य कृष्णप्रसाद पौडेलले नयाँ सीप सिक्न विद्यार्थी पछि हट्न नहुने बताए । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीका लागि सगरमाथाले व्यवहारिक सीप प्रदान गर्दै आएको उल्लेख गर्दै उनले अभिभावकलाई छोराछोरी प्रति गर्व हुने गरि सिकाइमा ध्यान दिन विद्यार्थीलाई आग्रह गरे ।

विद्यालयले यसअघि हाउस किपिङ लगायतका वर्कसप सचालन गरिसकेको र व्यवहारिक सिकाईमा जोड दिंदै आएको विद्यालयका सहायक प्राचार्य प्रदीप अधिकारीको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology