Logo

२०८३, श्रावण ३०गते


images
images

मर्दी हिमाल आधार शिविरमा मानव कंकाल फेला

मर्दी हिमाल आधार शिविरमा मानव कंकाल फेला

images
  • मर्दी हिमाल आधार शिविरमा मानव कंकाल फेला
    images
    images

    राजेश पराजुली, पोखरा । कास्की मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको हो ।

    images
    images
    images

    आधार शिविरको मुख्य बाटोभन्दा एक हजार मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट भेटिएको हो । भेडा चराउन गएका गोठालाले कंकाल देखेपछि वडामा खबर गरेको वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए ।

    images
    images
    images

    ४ हजार ५ सय मिटरको उचाइमा कंकाल देखेपछि वडाध्यक्ष क्षेत्रीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय, बगरबाट प्रहरी निरीक्षक बोधराज रेग्मी नेतृत्वको टोेली आइतबार घटनास्थलतर्फ लागेको छ । पोखराबाट आधार शिविर पुग्न दुई दिनको समय लाग्ने वडाध्यक्ष क्षेत्रीले बताए ।

    images
    images
    images

    फेला परेको कंकाल वेपत्ता भएका स्वेडनका नागरिक २१  वर्षीय मिचल लिउ ब्लोम्बर्गको हुनसक्ने बताए । लिउ गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता थिए । मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजी सुरु भएको थियो ।

    लामो समयसम्म खोजी भएपनि अवस्था अज्ञात रहेको थियो । मोबाइल र ज्याकेटको लोगोेले लिउको कंकाल भएको प्रहरीको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।