Logo

२०८३, आश्विन १०गते


images
images

काभा वुमन्स नेसन्स लिगमा नेपालसँग माल्दिभ्स पराजित, सेमिफाइनल इरानसँग खेल्ने

काभा वुमन्स नेसन्स लिगमा नेपालसँग माल्दिभ्स पराजित, सेमिफाइनल इरानसँग खेल्ने

images
  • काभा वुमन्स नेसन्स लिगमा नेपालसँग माल्दिभ्स पराजित, सेमिफाइनल इरानसँग खेल्ने
    images
    images

    काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

    images
    images
    images

    आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको छ ।

    images
    images
    images

    दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५– १९ र २५–१८ को जित दर्ता गर्‍यो ।

    images
    images
    images

    पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो 

    दोस्रो सेटमा भने नेपालले बेन्चमा रहेका खेलाडीलाई मौका दियो ।

    दोस्रो सेटमा भने नेपाललाई ५–५ को बराबरीसम्म टक्कर दिएको थियो । दोस्रो सेटमा १३ बराबरीसम्म पुर्‍याएको थियो ।

    १५–१३ को अवस्थामा नेपाललाई पछि छोड्यो । नेपालले त्यसपछि २ जना पहिलो रोजाइका खेलाडीलाई कोर्टमा ल्यायो । निरुता ठगुन्ना र लिबेरो सलिना श्रेष्ठ मैदानमा आएपछि नेपालले माल्दिभ्सलाई १८–१८ मा आएर बल्ल भेटायो । त्यसपछि भने लगातार अग्रता बनाउँदै जित हात पार्‍यो ।

    तेस्रो सेटको सुरुवातमा केहीबेर माल्दिभ्सले प्रतिस्पर्धा गरे पनि पछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो ।

    सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।