Logo

२०८३, आश्विन १०गते


images
images

इरानमाथि बदला लिँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

इरानमाथि बदला लिँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

images
  • इरानमाथि बदला लिँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने
    images
    images

    काठमाडौं । नेपाल काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इरानमाथि ३-० सेटमा जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। 

    images
    images
    images

    जितसँगै नेपालले समूह चरणमा इरानसँग हारेको बदला समेत लिएको छ। समूह चरणमा नेपालले इरानसँग ३-२ को सेटमा पराजय भोगेको थियो। 

    images
    images
    images

    मंगलबार उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो। रोमाञ्चक दोस्रो सेट नेपालले २८-२६ लेअघि रह्यो। दोस्रो सेटमा नेपालले इरानले तीन पटक म्याच प्वाइन्टमा पुगेको अवस्था उल्टाएकव थियो। तेस्रो सेट २५-२० ले जितेपछि खेल नेपाल फाइनलमा पुग्यो। 

    images
    images
    images

    अब उपाधिका लागि नेपालले भोलि बुधबार भारतसँग खेल्नेछ। भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकामाथि ३-० सेटमा जित निकालेको थियो। 

     

    यसअघि नेपालले समूह चरणमा भारतमाथि ३-२ को जित निकालेको थियो। सो जित नेपाली महिला भलिबलले भारतविरुद्ध हात पारेको पहिलो जित थियो।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।