Logo

२०८३, श्रावण २७गते


images
images

गाउँघर

महिनामै लाख कमाउने गुल्मीका चिरञ्जीवीको सफल कृषि कर्मभित्रका 'संघर्ष र बाध्यता' 

महिनामै लाख कमाउने गुल्मीका चिरञ्जीवीको सफल कृषि कर्मभित्रका 'संघर्ष र बाध्यता' 

images
  • महिनामै लाख कमाउने गुल्मीका चिरञ्जीवीको सफल कृषि कर्मभित्रका 'संघर्ष र बाध्यता' 
    images
    images

    माधव ज्ञवाली, गुल्मी । उमेरको जोखाना गर्ने हो भने चिरञ्जीवीको उमेर ४ दशक पुग्यो। तर उनको उर्जा २०/२५ बर्षका ठिटा ठिटीहरुको भन्दा कमि छैन, बरु ज्यादा होला। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न.२ का चिरञ्जीवी अर्याल पालिकाका उत्कृष्ट कृषक मध्यका हुन् । उनले कुखुरा पालन, ब्यापार ब्यवसाय र तरकारी खेतीबाट राम्रो आम्दानी गर्छन् ।

    images
    images
    images


    परिवारको दायित्व काधमा बोकेर रोजगारीका लागि  २३ बर्षको उमेरमा मलेसिया पसेका चिरञ्जीवीका संघर्षका थुप्रो कथा छन् । "तीन बर्ष मलेसिया बसेँ, त्यहाको श्रम शोषण र दु:ख बुझेको मान्छे एकपटक गएपछि अर्कोपटक सकेसम्म जान चाहाँदैन, नजाओस "उनले संघर्षका दिन सम्झिए।

    images
    images
    images


    घर देश जस्तो सजिलो परदेशमा कहाँ हुन्छ र? जन्मिएको दुई महिनामै बाबू गुमाएका उनी आफ्नो बिधुवा आमा सङ्गै पूरा परिवारलाई  सुख दिने आशले मलेसिया त पुगे तर त्यहाँको श्रम शोषण सहन नसकेर ३ बर्षपछी फेरि त्यहाँ नजाने गरि फर्किए। बि.स २०६० सालमा मलेसिया गएको उनी बताउँछन् ।

    images
    images
    images


    दुखले दुखायो। त्यही दुखले   धेरै थोक सिकायो। त्यहा गर्ने दुख गाउँमै गर्छु भन्ने लागेछ रे उनलाई। अर्यालले  घर आएर कपडा पसल सुरु गरे। "पसलबाट राम्रै भइरहेको थियो, अब यसैबाट स्थापित हुन्छु भन्ने आश पलाएको थियो" उनले अघि सुनाए। 

    तर बिडम्बना, त्यही बिचमा उनको श्रीमति बिरामी भइन। उत्ति चल्दै गरेको कपडा पसल बन्द गरेर श्रीमतिको उपचारका लागि भारत जानुपर्यो उनलाई । उपचारका लागि मात्रै ३/४ महिना भारतमा बिताएका अर्याललाई अब झन पिर थपियो।


    "घर फर्किएँ, लगानी गर्ने  पैसा थिएन। कपडामा धेरै लगानी गर्नुपर्ने। त्यसैले कपडा पसललाई छोडेर किराना पसल सङ्गै कुटानी पिसानी तिर लागेँ।" उनले भने।


    मिलबाट राम्रै भएको थियो। कुटानी पिसानी गर्दा पोखिएको अन्न सदुपयोग होस भनेर उनले केही कुखुरा पाल्ने सोच बनाएछन। उतिखेर उनको घरतिर बाहुनले खासै कुखुरा पाल्दैनथे रे, पालिहाले पनि मान्छेको हेर्ने दृस्टिकोण नराम्रो थियो रे। त्यही चुनौतीको बिचमा उनले वि.स २०६९ सालमा ५० वटा कोइलर जातका कुखुरा पाल्न सुरु गरे। यहीँबाट उनको ब्यवसायिक कुखुरा पालन सुरु भयो। 

    .....................………………………… 

    सजिलो कहाँ थियो र? कुखुराले दिनमा ४५ वटा अण्डा दिन्थे। तर गाउँमा त्यति बिक्री हुन्थेन ।कुहिएर जाने समस्या उत्तिकै थियो भन्छन उनी। तर जति बिक्री हुन्थ्यो त्यसबाट राम्रो आम्दानी हुन्थ्यो ।


    संयोग नै भन्नुपर्छ । उनी एकदिन पाल्पा कसेनी भन्ने ठाउँमा  घुम्न जाँदा उनको त्यहा एकजना सफल कुखुरा ब्यवसायी सङ्ग भेट भएछ। त्यतिखेर उनको सफल कुखुरा ब्यवसायबाट आफू प्रभावित भएको र त्यसपछि  जति कठिनाई र अफ्ठ्यारो आएपनि यस् ब्यवसायलाई अघि बढाएरै छाड्ने संकल्प उनले गरे।


    त्यहाबाट फर्किएपछी ब्यवस्थित तरिकाले कुखुरा पालन गर्ने सोच सहित उनले ८ लाख लगानी गरेर ५ सय लेयर्स जातको कुखुरा पाल्न सुरु गरे। दुई बर्षको अवधिमा उनलाई सफलता मिल्यो। उनलाई आफुले गरेको लगानी  उठाएर पनि ६ लाख नाफा मिल्यो।


    उनी उत्साहित भए। ५ सय बाट बढाएर १ हजार कुखुरा पाल्न थाले। सधैभरी एकैनाश कहाँ हुन्छ र? हुर्किदै गरेको डेढ सय कुखुरा मरे। डेढ सय बढी कुखुरा बाघले खोरभित्र पसेर मारिदियो। 


    एक पछि अर्को बज्रपात सहंदै आएका उनले अब भने कुखुरा पालनबाट पछि नहट्ने संकल्प गरिसकेका थिए। 

    गाउँमै जग्गा लिजमा लिएर उनले खोर थपे। ३५ लाख लगानी गरेर खोरलाई थप ब्यवस्थित  गरि २५ सय कुखुरा पाल्न थाले।"सुरुको ६ महिना हुर्काउन मात्र लगानी गर्नुपर्छ, त्यसपछिको६ महिनामा अण्डाबाट लगानी उठ्छ। त्यसपछिको१ बर्ष मात्र नाफा खान पाइन्छ।"उनले भने। 

     

    एक बर्ष सम्म उनले राम्रो आम्दानी गरेको बताउँछन् । महिनाको डेढ/दुई लाख सम्म खुद नाफा गर्न सफल भएको उनको भनाई छ। अण्डा बेचेर मात्रै बर्षमा २४ लाख सम्म खुद नाफा कमाउन सफल अर्यालले रुरुक्षेत्र गाउँपालिकालाई अण्डा पुर्याउन सफल भएका थिए। उनको उत्पादित अण्डा गाउँपालिकाको बजारी क्षेत्र लगायत गाउँमै पनि बिक्री हुन्थ्यो। 

    ...……………………………………………… 

    एकाएक कोरोना भाइरस आयो, लकडाउन भयो। कसले सोचेको थियो र यसरी एकाएक सबै क्षेत्र ठप्प होला भनेर? लकडाउन हुने भएपछी उनले कुखुरालाई आवश्यक दाना स्टक राख्नको लागि ल्याए। तर  स्टक राखेर खुवाएको दानामा ढुसी पलाएछ,त्यही दाना कुखुरालाई दिँदा उनका १ हजार कुखुरा मरे। उनले अझै आफ्नो लगानी उठाइसकेका थिएनन् । कुखुरा पालनबाट सफल हुँदाहुँदै पनि त्यसबाट उनले घाटा बेहोर्नुपर्यो। तर उनको हिम्मत हराएको थिएन । विभिन्न बाधा अवरोधका बिच अघि बढिरहे। 


    संघर्षको बिचमा उनलाई बाधा अवरोधले पिरोलिरह्यो। यो बर्ष पनि बर्षातले बाटो बिगारिदियो। उत्पादित अण्डाको बजारीकरणमा समस्या आयो नै । कुखुरालाई दाना ल्याउन समेत गाह्रो भयो।" पोहोर साल स्टकमा राखेको दानामा लागेको ढुसीले कुखुरा मरेपछी अहिले दाना स्टकमा राख्ने हिम्मत आएन। "उनले दुख पोखे। अण्डाको बजारीकरण र दाना ल्याउनको लागि अर्यालले १७ लाख खर्च गरेर आफ्नै गाडी पनि किनेका छन् , उनी आफै गाडी  चलाउँछन।


    सिङ्गो गाउँपालिकालाई अण्डा पुर्याएका अर्याल यहाको स्थानीय तह सङ्ग सन्तुष्ट भने छैनन्। पटकपटक बाटो अवरोध भएर अण्डाको बजारीकरणमा समस्या आएको जानकारी गराउँदा  १९ दिन सम्म बाटो खुल्न नसकेको उनको आरोप छ। "१९ दिन सम्म बाटो बन्द भयो, दिनको ४/५ बोरा दाना चाहिन्छ। धेरै ल्याएर स्टक राख्दा ढुसी लाग्ने समस्या। जती पहल गर्दा पनि संबंधित निकायको कानले सुनेन" उनले गुनासो गरे ।


    अब उनले उत्पादन गर्ने अण्डाले पुरै गाउँपालिकालाई नपुग्ने भएको छ। बाटोको समस्या सङ्गै दानाको दानाको समस्या देखिन थालेपछि अर्याल पछाडि खिच्चिएका छन् । भन्छन् "अण्डावाला लेयर्स कुखुरा घटाएर लोकल कुखुरा पाल्ने सोच बनाएँ। लोकल कुखुरालाई त गाउँकै लोकल उत्पादन धान,गहुँ ,मकै खुवाएर पनि हुर्काउन सकिन्छ।" सम्बन्धित निकायले समयमा कुरा नसुनिदिँदा आफू बाध्य भएको उनको भनाई छ। ५०० लोकल कुखुरा,६०० लेयर्स चल्ला सहित उनले अहिले बाख्रा पालन पनि सुरु गरेका छन् । ५ लाख लगानी गरेर २३ वटा बाख्राबाट नया ब्यवसायमा हात हालेको उनको भनाई छ।


    दुई जनालाई रोजगारी समेत दिएका गाउँपालिका कै सफल कृषक अर्यालले सरकारले दिने सेवा सुबिधाको भने त्यति अनुभुती गर्न आजसम्म पाएका छैनन् । स्थानीय निकाय बन्दाको बर्ष ५० प्रतिशत अनुदानमा मिनि टेलर  र खोर सुधारको लागि भनेर २५ हजार बाहेक आजसम्म स्थानीय तहबाट  केही अनुदान नपाएको उनको भनाई छ। कृषि ज्ञान केन्द्रबाट भने ५० हजार अनुदान पाएको उनी बताउँछन् ।


    कुखुरा पालन मात्र हैन अर्यालले ब्यापार ब्यवसाय  र तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । किराना पसलदेखि  पैंचो सामाग्री संकलन पनि अर्यालले गर्दै आइरहेका छन् । तरकारी बेचेर मात्रै अर्यालले बर्षको २ लाख सम्म आम्दानी गर्ने गरेको बताउँछन् । गत बर्ष मात्रै ५ हजार खुर्सानीको बोट बाट  डेढ लाख कमाएका अर्यालले दुईवटा टनेलमा टमाटर खेती सङ्गै फुलगोपी ,बन्दागोपी  लगाउँदै  आइरहेका छन् ,उनको ७ जनाको परिवार छ। 

    सामाजिक कार्यमा पनि अर्याल उत्तिकै सक्रिय छन। अर्याल हाल ग्वादी मावि ग्वादी गुल्मीको शिक्षक अभिभावक  संघको अध्यक्ष, स्वास्थ्य ब्यवस्थापन समितिको सदस्य, जनचेतना सहकारी को उपाध्यक्ष, हरित स्वयंसेवक सन्जाल रुरुको संयोजक  र जिल्ला सचीवको रुपमा पनि काम गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रुरूक्षेत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।