Logo

२०८३, श्रावण ३०गते


images
images

उपनिर्वाचनको तयारी भइरहेको छ, मतदाता नामावलीमा नाम दर्ता गराइहाल्नुस् : निर्वाचन आयोग

उपनिर्वाचनको तयारी भइरहेको छ, मतदाता नामावलीमा नाम दर्ता गराइहाल्नुस् : निर्वाचन आयोग

images
  • उपनिर्वाचनको तयारी भइरहेको छ, मतदाता नामावलीमा नाम दर्ता गराइहाल्नुस् : निर्वाचन आयोग
    images
    images

    काठमाडौं । देशका विभिन्न स्थानीय तहमा रिक्त जनप्रतिनिधि पदमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारी सुरु गरेको छ । निर्वाचन प्रक्रियापश्चात नामावली दर्ता बन्द गर्नुपर्ने भएकाले समयमै आफ्नो नामावलीमा नाम दर्ता गर्न आयोगले मंगलबार सूचना जारी गरेको छ ।

    images
    images
    images

    विभिन्न कारणले रिक्त नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष पदमा पदपूर्ति गर्न प्रक्रिया सुरु हुनुअगावै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको हो । आयोगका अनुसार हाल देशभरका स्थानीय तहका विभिन्न पदमा ३४ पद रिक्त छन् ।

    images
    images
    images

    ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन ऐन, ०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था छ।

    images
    images
    images

    ‘गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ’, आयोगका प्रवक्ता रघुराम विष्टले भने ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।