गजल : पत्याउनै गारो
पानी मै बस्ने माछी पनि तिर्खाउछन, पत्याउनै गारो
आफ्नाले आफ्नैलाइ हिर्काउछन, पत्याउनै गारो
मुखमा राम राखेर बगलीमा छुरा बोक्नेहरु
काम बिग्रेसी पनि सिकाउछन्, पत्याउनै गारो
बादलको निशानामा माया खोज्न लगाएर
हिमालमा पनि बरफ बिकाउछन पत्याउनै गारो
बूढाभाका बा - आमा नातिको बिहे हेर्नेनै हो भन्दै
आस मा पनि सास टिकाउछन पत्याउनै गारो
सर्जक : नवराज चालिसे, गुल्मी दरबार-२ जुभुङ,
हाल : गुजरात, भारत
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology