देवदह । नेपाल भारत मैत्री संघ देवदह उपशाखाले भारत स्वतन्त्र भएको ७८औं दिवसको अवसरमा स्टेसनरी सामाग्री वितरण गरेको छ । शुक्रबार देवदह-५ खैरेनीमा अवस्थित केरवानी माध्यमिक विद्यालयको प्रगती केन्द्रमा अध्ययन गर्ने ३५ जना विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरिएको हो ।
हरेक वर्ष भारत स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रम गर्दै आएको संघले नियमित कार्यक्रम अन्तरगत प्रतिविद्यार्थी २१५ रुपैयाको सामाग्री पर्ने गरि स्टेसनरी वितरण गरिएको देवदह उपशाखाका सचिव दुर्गानारायण डुम्रेले जानकारी दिए ।
मैत्री संघका केन्द्रिय उपाध्यक्ष बासुदेव रिमालको प्रमुख आतिथ्यता र देवदह नगर प्रवक्ता गणेश डुम्रेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा केरवानी मावि व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण पौडेल, प्रधानाध्यापक निर्मल ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन विद्यालयका सह-प्रधानाध्यापक खेमानन्द ज्ञवालीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology