Logo

२०८३, श्रावण ३०गते


images
images

लोडसेडिङ अन्त्य मात्र होइन, विद्युत् निर्यात गर्ने हैसियत बनाएका छौँ : कुलमान घिसिङ

लोडसेडिङ अन्त्य मात्र होइन, विद्युत् निर्यात गर्ने हैसियत बनाएका छौँ : कुलमान घिसिङ

images
  • लोडसेडिङ अन्त्य मात्र होइन, विद्युत् निर्यात गर्ने हैसियत बनाएका छौँ : कुलमान घिसिङ
    images
    images

    काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको बताएका छन् ।  नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् । 

    images
    images
    images

    उनले  भने, ‘विभिन्न  आरोह अवरोहकाबिच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार  गरेको छ  । आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ,नौ घण्टा र  सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ । हाल वर्षायाममा देशभित्र खपत गरि दैनिक सात सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ ।’

    images
    images
    images

    साथै  उनले  प्राविधिक कारणले केही छिन विद्युत् अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे । उनले वर्षायाममा विद्युत् भारत निर्यात गरि बिदेसी मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको बताए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।