Logo

२०८३, आश्विन ९गते


images
images

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार

images
  • टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार
    images
    images

    काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार जुटेको छ । टिकटकले नेपालको कानून मान्ने प्रतिबद्धता जनाएर पटक पटक पत्राचार गरेपछि टिकटकमाथिको प्रतिबन्ध हटाउने विषयमा सरकार छलफलमा जुटेको हो ।

    images
    images
    images

    ‘नेपाल सरकारका सबै ऐनकानून पालना गर्न हामी प्रतिबद्ध छौं' भन्ने पत्र टिकटकले केहीदिन अघिमात्रै इमेलमार्फत पत्र पठाएपछि छलफलले सकारात्मक मोड लिएको मन्त्रालय स्रोतको दावी छ । स्रोत भन्छ, "टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले हस्ताक्षर गरेको पत्रमा कानून मान्ने उल्लेख गरिएपछि प्रतिबन्ध हटाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक देखिनु भएको छ ।" 

    images
    images
    images

    सरकारले २०८० साल कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय मन्त्रिपरिषद्‌बाट गरेको थियो । सोही वर्ष मंसिरमा मन्त्रालयले सामाजिक सञ्जालसम्बन्धी कार्यविधि जारी गरेको थियो । जसको दफा ३ मा सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने सम्बन्धी व्यवस्था छ । यो दफाअनुसार सूचीकरण हुन तयार भएपछि टिकटकको प्रतिबन्ध फुकुवा गर्न लागिएको हो ।

    images
    images
    images

    कार्यविधि आएको एक वर्ष पुग्न लाग्दा पनि भाइबरबाहेक कुनै पनि सामाजिक सञ्जाल नेपालमा सूचीकरण भएका छैनन् । तर, टिकटकबाहेक सबै सामाजिक सञ्जाल भने निस्फिक्री चलिरहेकै छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।