Logo

२०८३, श्रावण ३१गते


images
images

फोहर व्यवस्थापन

अस्पतालबाट निस्किने फोहोर अनुगमन गर्दै काठमाडौं महानगर

अस्पतालबाट निस्किने फोहोर अनुगमन गर्दै काठमाडौं महानगर

images
  • अस्पतालबाट निस्किने फोहोर अनुगमन गर्दै काठमाडौं महानगर
    images
    images

    काठमाडौं ।  कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आजबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापरवाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिइन् । 

    images
    images
    images

    वार्डहरुबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरू छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लाष्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो । तेस्रो कोठामा धेरै फोहरका पोका थिए । ती पोकाका बिचमा खुला छरिएको फोहर थियो ।

    images
    images
    images

     एक व्यक्ति यो फोहरलाई छुट्याउने काममा व्यस्त थिए। उनले कालो मास्क लगाएका थिए । यसबाहेक न पिपिइ (व्यक्तिगत सुरक्षा पोशाक), न हातमा पञ्जा, न खुट्टामा बुट, न टाउको छोप्ने कुनै टोपी, उनी आफू पूर्ण असुरक्षित भएर अस्पतालको फोहर वर्गीकरण गरिरहेका थिए । उनले काम गरिरहेको ठाउँमा राखिएको अटोक्लेभ मेसिन कालो प्लाष्टिकमा बाँधिएको फोहरको पोकाले छोपिएको थियो ।

    images
    images
    images

    यो अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले थिग्रिएको जानकारी दिएको थियो । त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका थिए । २०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मूलीकरण गरेर व्यवस्थापन गर्छु भनेर प्रतिवद्धता थियो । यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार थिएन । अस्पतालले प्रतिवद्धता दोहोराएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो । 

    यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो । 

    यी सबै प्रयासपछि आज अनुगमनमा जाँदा गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको थियो । अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, हस्पिटलले संक्रमित फोहर व्यवस्थापनमा चरम लापरवाही गरेको प्रतिक्रिया दिए । 

    फोहर संकलन गर्ने ठाउँ नजिकै हस्पिटलमा आउने आगन्तुकलाई सवारी साधन पार्किङ गर्ने ठाउँ बनाइएको छ । जस्ता पाताको तल्लो भागबाट मुसाहरू सजिलै आवतजावत गर्न सक्ने ठाउँ छ । यसबाट वातावरणीय तथा मानव स्वास्थ्यजन्य जोखिम बढेको छ । 

    अनुगमन टोलीले फोहर व्यवस्थापन चक्रका बारेमा जानकारी लिँदै गर्दा माथिल्लो तलाबाट निलो प्लाष्टिकमा फोहरको पोको बोकेर कर्मचारी बाहिर आए। उनले न मास्क लगाएका थिए । न उनको हातमा पञ्जा थियो । 

    आज नै कलंकीमा भएको सहिद मेमोरियल अस्पतालको पनि अनुगमन गरिएको थियो । यस अस्पतालले भने गएको वर्षमा भन्दा धेरै सुधार गरेको छ । सानो अँध्यारो कुनामा भएको अटोक्लेभ मेसिनलाई फराकिलो कोठामा ल्याएको छ । अटोक्लेभ मेसिनको संख्या थप गरेको छ । गएको वर्ष छत राखिने फोहर संकलनका लागि छुट्टाछुट्टै कक्ष भएको कोठा बनाएको छ । 

    सुधारका यति काम भएर पनि सुधारका लागि अझै काम गर्नु छ । अनुगमन टोलीले स्रोतमा प्रकृति छुट्याउने, अभिलेख राख्ने व्यवस्था दुरुस्त बनाउने, सङ्क्रमित र सामान्य फोहर नमिसिने व्यवस्था मिलाउनेलगायत सुझाव दिएको छ । 

    यति प्रयास भएर पनि अटोक्लेभ विग्रिएका कारण सङ्क्रमित फोहोर निर्मूलीकरण हुन सकेको देखिएन । यसरी अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । 

    गएको वर्ष महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालनमा रहेका ५० वटा अस्पतालहरुको फोहर व्यवस्थापन अवस्था अनुगमन गरिएको थियो । यस क्रममा गलत अभ्यास भएका २० वटा अस्पतालको फोहर संकलनमा रोक लगाइएको थियो । यसरी रोक लगाइएका अस्पतालहरुले गरेका त्रुटि सुधारमा कति प्रगति भएको छरु यस पटकको अनुगमनमा यो सूचक थपिएको छ । 

    फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मूलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु गएको वर्षको अनुगमनका क्रममा देखिएका साझा समस्या थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।