देवदह । रुपन्देहीको देवदह २ स्थित नमूना एभरग्रीनमा साप्ताहिक कार्यक्रम अन्तर्गत तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा तीज गीत प्रतियोगितातर्फ रातो सदनको समुह प्रथम भएको छ । जसमा पारु राई, सलिना सारु, पूजन गुरुङ, सनिस्ता पाख्रीन, बृषिका राई र प्रेक्षा थापा सहभागी भएका थिए । द्वितीय भएको नीलो सदनमा सविना सारु, स्नेहा गिरी, सरस्वती चालिसे, सिम्रन आचार्य, लिसारा थापा र सफल आले सहभागी भएका थिए भने हरियो सदनको प्रतिनिधित्व गर्दै ज्योती अग्रहरी, श्रेया बस्याल, एलिना गाहा, साधना बिर्कटा, समीक्षा थापा र प्रविन गिरी तृतिय हुन सफल भएको विद्यालयले जनाएको छ ।
त्यसैगरि नृत्यतर्फ जुनियर विधाबाट सोना राना र प्रज्ञा पौडेल क्षेत्री प्रथम, आरमित्मा सिजापति र दिशिका गुरुङको समुह द्वितीय र यन्सी गुरुङ र अंकिता विकको समुह तृतिय तथा सिनियर तर्फबाट स्मारिका नाम्जाली प्रथम, श्रेया बस्याल र समीक्षा थापा द्वितीय र सनिस्ता पाख्रीन र वृषिका राई तृतिय प्रतियोगिताका निर्णायक नृत्य शिक्षक अन्जु कुमालले जानकारी दिइन् ।
एभरग्रीन बाल क्लबको अध्यक्ष श्रेया बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल कमल पौडेल, शिक्षक पार्वती थापा, मिना गाहा लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology