देवदह । गएराती परेको बर्षाले देवदहका केही क्षेत्रमा डुबानमा भएको छ । प्रहरी चौकी खैरेनीले डुबानमा परेका ४ जनालाई उद्धार गरेको जनाएको छ ।
सेतोमसीसंग कुरा गर्दै प्रहरी चौकी खैरेनीका प्रमुख एक्कबहादुर नेपालीले टटेरा क्षेत्रमा डुबानमा परेका नागरिकलाई उद्धार गरि आफन्तको जिम्मा लगाइएको बताए ।
"वर्षाको कारण देवदह नगरपालिका वडा न.८ स्थित घोडाहा खोलाको बहाव बढेर स्थानीय बुद्धिराम नेपाली, भरत नेपाली, कमला नेपाली र भरत नेपालीको १ तले जस्ताले छाएको ब्लकको घरमा बाढी पसेको खबर आएपछि बिहान ४: ३० मेरो कमाण्डमा ८ जना घटनास्थलमा पुगेर उद्धार गरि आफन्तको जिम्मा लागेका छौं ।" उनले भने ।
प्रहरीले डुबानले कुनै मानवीय क्षति नभएपनि डुबानमा फसेका नागरिकको घरको खाद्यान्न लगायत सबै समान डुबेको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology