देवदह । रुपन्देहीको देवदह ८ मा आयोजित अन्तर टोलस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सकिएको छ । सोमबारबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ मुखियाटोल र महिलातर्फ स्कुलटोल विजयी भएका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगिताको फ़ाइनल खेलमा पुरुषतर्फ स्कुलटोललाई पराजित गर्दै मुखीयाटोल विजयी भयो भने महिलातर्फ लांघाली टोललाई पराजित गर्दै स्कुलटोल विजयी भएको प्रतियोगिताको सहआयोजक संस्था पृथ्वी उमा ज्ञान केन्द्रका अध्यक्ष गोविन्द क्षेत्रीले जानकारी दिए ।
पुरुषतर्फ १२ र महिला तर्फका ६ टोली सहभागी प्रतियोगितामा पुरुषतर्फ विजेतालाई ५ हजार ५५ र उपविजेतालाई ३ हजार ५५ तथा महिलातर्फ विजेतालाई ३ हजार ५५ र उपविजेतालाई १ हजार ७५५ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको समापन समारोह आयोजक संस्था पृथ्वी प्रकृति इको क्लबका अध्यक्ष धनमाया गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology