Logo

२०८३, श्रावण ३०गते


images
images

परिवर्तनका लागि जनता जागरुक हुनुपर्छ : उपेन्द्र यादव

परिवर्तनका लागि जनता जागरुक हुनुपर्छ : उपेन्द्र यादव

images
  • परिवर्तनका लागि जनता जागरुक हुनुपर्छ : उपेन्द्र यादव
    images
    images

    सुदूरपश्चिम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुननसक्ने बताएका छन् ।

    images
    images
    images

    सो पार्टीको आज धनगढीमा आयोजित संगठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले देशका विकृति विसङ्गतिविरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

    images
    images
    images

    उनले भने, ‘जनता सङ्गठित, सचेत र जागरुक भइसकेपछि मात्र विसङ्गति विकृतिविरुद्ध सङ्घर्ष गरेर परिवर्तन सम्भव हुनसक्छ ।’

    images
    images
    images

    पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भ्रष्टाचार, कमिशनतन्त्रजस्ता बेथिति बढ्दा दलित, थारु, मधेशी, आदिवासी जनजातिका समस्या समाधान हुन नसकेको उल्लेख गरे।

    कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य घनश्याम कुश्मि, केन्द्रीय अनुशासन विभागका सदस्य आरसी यादव, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भगतराम थारु, उपाध्यक्षद्वय निर्मला रिजाल र गोविन्दराज रानाथारु, कैलाली जिल्ला अध्यक्ष गयाँप्रसाद कुश्मीलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा बोलेका थिए ।

    सो पार्टीले सङ्गठन सुदृढीकरणका लागि ‘जनतासँग जसपा नेपाल, गाउँगाउँमा जसपा नेपाल, घरघरमा जसपा नेपाल’नाम दिएर अभियान सञ्चालन गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।