Logo

२०८३, श्रावण ३०गते


images
images

नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन- उपेन्द्र यादव

नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन- उपेन्द्र यादव

images
  • नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन- उपेन्द्र यादव
    images
    images

    वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको एक इन्च पनि भूमि नमिचेको बताएका छन् ।

    images
    images
    images

    वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले नेपाल र भारतबीच सीमा सम्बन्धी विषय ऐतिहासिक तथ्य, नक्सा तथा अन्तर्राष्ट्रिय मान्यताका आधारमा समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै नेपाल आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति स्पष्ट रहेको र कुनै पनि छिमेकी राष्ट्रको भूमि अतिक्रमण नगरेको बताएका हुन् ।

    images
    images
    images

    उनले भने- 'नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन । सीमासम्बन्धी विवाद भएका क्षेत्रहरू ऐतिहासिक दस्तावेज, सन्धि तथा प्रमाणका आधारमा समाधान हुनुपर्छ ।'

    images
    images
    images

    उनले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन दुवै देशले आपसी सम्मान, समानता र विश्वासको आधारमा संवाद अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

    साथै यादवले राष्ट्रियता, संघीयता, समावेशी लोकतन्त्र तथा वर्तमान राजनीतिक परिस्थिति बारेमा बोल्दै देशका सबै समुदायको अधिकार सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको टिप्पणी गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव
  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।