Logo

२०८३, श्रावण ३०गते


images
images

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीशको सिफारिस हुने

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीशको सिफारिस हुने

images
  • संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीशको सिफारिस हुने
    images
    images

    काठमाडौं । शुक्रबार संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरी शुक्रबारका लागि बैठक बोलाएका हुन्।

    images
    images
    images

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको हो।

    images
    images
    images

    पूर्व तयारी नपुगेको भन्दै बुधबारका लागि बोलाइएको बैठक आजका लागि सरेको हो। संवैधानिक प्रावधान अनुसार एक महिना अगाडि प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिसदले सिफारिस गर्नुपर्छ। तर राजनीतिक खिचातानीका कारण बैठक नै बस्न नसकेको हो।

    images
    images
    images

    न्यायपरिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आठ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाइसकेको छ।

    सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन्। त्यसपछि क्रमस नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषदमा पठाइएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरिसकेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।