Logo

२०८३, आश्विन १०गते


images
images

भौतिक विकासमा अल्झियाे स्थानिय निकाय, ओझेलमा कला र साहित्य 

भौतिक विकासमा अल्झियाे स्थानिय निकाय, ओझेलमा कला र साहित्य 

images
  • सेतोमसी सहकर्मी
  • भौतिक विकासमा अल्झियाे स्थानिय निकाय, ओझेलमा कला र साहित्य 
    images
    images

    received_390646305745174.jpegकृष्ण अन्जान, रुरु । आमा दिदी बहिनी हाे काति वस्छौ दासी भै  सुखकाे सधै प्यासि बनेर ...
    कुनै जमाना थियाे जनवादि साहित्यले जनतामा चेतना भर्दै गर्दा रुरुक्षेत्र गाउँपालिका १ थानपति चापाखर्कका एकदेव ज्ञवालीकाे निकै चर्चा थियाे ।

    images
    images
    images


    जे बि टुहुरेले गाएकाे माथिकाे गितका रचयिता उनै एकदेव  ज्ञवाली हुनुहुन्छ र वहाँद्वारा रचित कालजयी गितहरुकाे  अहिले पनि चर्चा हुने गर्छ ।
    साहित्य क्षेत्रकाे कुरा गर्दा लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठले पनि साहित्य क्षेत्रमा धेरै कलम चलाउनु भएकाे मात्र छैन उदघाेष कविता सँग्रहका साथै धेरै  साहित्यिक पत्र पत्रिकामा श्रेष्ठका जिवन्त रचना छन ।

    images
    images
    images


    पन्चायत कालमा कलम चलाएर चेतना छर्दै बेदना जस्ता नाटक लेख्ने कमलराज श्रेष्ठ पनि रुरुक्षेत्रका साहित्यिक अभियन्ता हुनुहुन्छ ।

    images
    images
    images


    त्यसाे त बिसकाे दशकमा दियालाे पत्रिका निकाल्ने चिन्तामणि गौतमहरु पनि साहित्यका पारखि हुनुहुन्छ ।


    साहित्य कै कुरा गर्दा थानपति कै कृष्णप्रसाद ज्ञवालीले शिलाेँगमा बसेर लामाे साहित्य साधना गर्नु भएकाे छ भने रिडी बजारका धेरै साहित्यकारहरुले सम्झना यतिबेला पनि सबैले गर्छन ।


    राष्ट्रिय पहिचान बनाएका भागिरथी श्रेष्ठ,  डा. रामप्रसाद ज्ञवाली, गणेश ज्ञवाली, नारद ज्ञवाली,  कृष्ण अन्जान ज्ञवाली यसै क्षेत्रका साहित्यिक हस्तिहरु हुन ।


    साहित्य, संगित र कला प्रति प्रतिवद्द जनगायक ध्रुव ज्ञवालीय लाेक गायक ओम ज्ञवाली, नन्दु परियार र पवन परियार पनि यहि रुरुक्षेत्रका सांगितिक हस्तिहरु हुन ।


    पछिल्लाे समय गाउँघरमै साहित्य सेवा गर्ने कलम चलाउने धेरै छन तर साहित्यिक कर्ममा लागेकाहरुकाे न तथ्याँक छ न राज्यले समेट्न उनीहरूलाई समेट्न सकेकाे छ ।


    यतिबेला साहित्यिक गतिविधिमा खडेरी छ साहित्यिक व्यक्तित्वहरुलाइ राज्यले र स्थानिय निकायले हेर्न सकेन खण्डकाव्य प्रकाशन गर्न लागिरहनु भएकी रुरु १ रिडीकि  साहित्यकार रेणुका पन्थीकाे भनाइ छ ।


    स्थानिय निकायले साहित्यिक प्रतिष्ठान बनाउँदै साहित्यकारहरुलाइ संरक्षण गर्न सक्ने व्यवस्था छ तर ध्यान त्यता पुग्न नसक्दा साहित्यकारहरु मात्रै हाेइन, साहित्यिक गतिविधि ओझेलमा छ ।  साहित्य र कलालाई समेटेर यथासिघ्र साहित्य तथा कला प्रतिष्ठान गठन गर्दै उक्त विधाको प्राेत्साहनमा स्थानिय निकायकाे ध्यान जानू जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रुरूक्षेत्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।