गजल - सातै छोरी जन्माएको निहुँंमा…
सातै छोरी जन्माएको निहुँंमा, जब आमाको तिरस्कार हुनेछ ।।
हेर्दै जाउ प्रत्येकको घरमा एकदीन, छोरी जन्माउने संस्कार हुनेछ ।।
प्रकृतिलाई चुनौती दिदैछ्न छोरीहरु, हेर अबको दशक भित्र
निर्मला, साबीत्रा र सम्झना जस्ता, आमाको सपना साकार हुनेछ ।।
आश्रम राख्ने छोरा भन्दा, पीडा बुझ्ने छोरी जाति
घरदेखी घाट सम्म छोरी हुनेछ्न, छोराको हाहाकार हुनेछ ।।
घरको लागि हैन भान्साको लागि हैन, हेर उनको भुमीका देशप्रती
सुशिला, सपना जस्ता नारी हुनेछ्न ,अनि हेर कहा भ्रष्टाचार हुनेछ
।।
सृष्टि चलाउनुछ नीरन्तर, आधा धर्ती मात्र रोज छोरा
छोरा छोरा छोरा मात्र छोरा रोजेमा, हेर एकदिन बाउ आमाकै व्यापार हुनेछ ।।
✍️ हरिकला भुसाल, बुटवल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology