अजम्बरी भइ सदावहार, बाच्छु नसोच
पैसाको गाद माथी मात्र, हास्छु नसोच ।।
ए पैसा सङ्ग, बा-आमाको माया तौलनेहरु
मरेपछी मात्र तस्वीर, टाँस्छु नसोच ।।
हजारबार हारीसके, रोगको सामु के दम्भ फेरि
उतै आर्यघाटमा फेरि नाता, गास्छु नसोच ।।
खाएको छाक आफ्नो भयो, स्वासको छैन कुनै भर
धनको महलमा दिनरात नाच्छु नसोच ।।
✍️ हरिकला भुसाल, बुटवल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology