चाहिँएको छैन, मलाई मेरो अस्ताउन लागेको जिन्दगी
मलाई मेरो सुस्ताउन लागेको जिन्दगी
होस रहोस तर आस हराइ रङ्गमा मस्त जिन्दगी
ठेकान रहोस तर गन्तब्यको खास हराइ सस्तो जीन्दगी ।।
चर्को घाममा पनि अहो भन्ने दिन लिएर आउँनु, मङसिरमा दर्के पानीको उपाहास मनाउनु
हार्नु नै पर्ने कुरामा जित्को शोक मनाउनु
आफ्नो कलिन सन्सारमा अनौठो रहर कमाउनु
यि सबै कुरा सादा पानामा सजाएर राख्नु किनकी
किनकी, "पानामा सजिने कुराहरु प्रय पानामै समाधि रहनु"
चाहियको छैन् तिमि पनि न देउ सस्तो उपाहास मलाई,
सुक्ने पातको साँस र दिनै न पर्ने साहास मलाई
सक्छौ भने जलाइ जाउ आफना धारिलो मुस्कानलाई
ममा अब्बल तिम्रो बिश्वासलाई,खाचो न हुँदा तिम्लाइ रचेको इतिहासलाई
सुनौलो किरण झैं उदाउ हरेक् बिहानीमा,
समयमा अस्ताउन न खोज्दा घामको किरण भन्दा उत्तम साँझको सिरानीमा,
सादा जिबनमा रङ्गिन रङ को खोजीमा,
हराइ जान्छ सारा जिबन चम्किलो मोतीको रोजिमा।।
आगन्तुक आहाँ! पोसाकको ओत के लाग्नु जब न्यानो कपास नै बेस,
"क्षणिक खुसीको भोग के गर्नु जब बेस नै हरेस",
चोटको अर्थ बेर्थै किन सोध्छौ कैदी बोक्रेलाइ,
हाँसोको अर्थ बेर्थै किन सोध्छौ रुदिलो खोक्रेलाइ
चाहियको छैन् मलाई चमेरी सिकारीको माया र
रमाउनु छैन् मलाई पात नहुने बिरुवाको छायाँ
हसाइ गयौ रुवाई गयौ भन्ने अनौठो दिन गन्दै
भुल गर्यौ यसलाई जिन्दगी ठानेर बरु
यहाँ,
ठुला भाषणको प्रजा फैलिएर आफु सज्जन कहलाउनु,
कर्णधारिका कुरा भैदिए जनताको ताँति पछि पर्नु, वास्तवमा
"मुल्यवान कुराले जलाउनु र मुल्यहिन हाहाकारले देश चलाउनु"
त्यसैले,
चाहियको छैन् मलाई तिम्रो धर्मि भाषण सुन्नलाई,
छैन तिम्रो अनौठो खिचोमिचो शासन बुझ्नलाई,
तिम्रा बेफजुली आस्वासन रुकनलाइ र,
बेमौसमी चैते झरीमा रुझ्नलाइ,
तर तिमी पनि त सक्दैनौ नि, मुल्यवान पाइला टेक्न,
बरु तिर्खाएरै बस्छु, सक्दैनौ तिमी मेरो प्यास मेट्नलाई
✍भागिरथ ठाकुर
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology