Logo

२०८३, श्रावण ३०गते


images
images

साहित्य

अनुरागले गर्यो साहित्य भेटघाटसंगै ध्यान तथा रचना वाचन कार्यक्रम

अनुरागले गर्यो साहित्य भेटघाटसंगै ध्यान तथा रचना वाचन कार्यक्रम

images
  • अनुरागले गर्यो साहित्य भेटघाटसंगै ध्यान तथा रचना वाचन कार्यक्रम
    images
    images

    देवदह । अनुराग साहित्य समाज नेपालले रचना वाचन, ध्यान तथा साहित्यिक भेटघाट कार्यक्रम गरेको छ । देवदह स्थित ऐतिहासिक मंगल पुष्करिणी दहमा विहिबार कार्यक्रम भएको हो । 

    images
    images
    images

    कार्यक्रममा प्रगल्भा सिन्धुलिया,  प्राञ्जल सिन्धुलिया, कोहिनूर ढुंगाना, पूजा ढुङ्गाना,  रीता पराजुली,  शिवप्रसाद काफ्ले,  जानुका लम्साल,  शुशिला न्यौपाने,  भगवती तिवारी शर्मा,  मधु भण्डारी,  दीप मिलन,  उमाकान्त अधिकारी लगायतले रचना वाचन गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसीले समाजको सर्वाङ्गिण विकासमा साहित्य र साहित्यकारहरूको संलग्नता तथा प्रयास अर्थपूर्ण हुने बताए । मंगलपुष्करिणीको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने समेत उनले उल्लेख गरे । वडा अध्यक्ष जिसीले ऐतिहासिक मंगल पुष्करिणी दहको संरक्षण र सम्वद्र्धन हेतु हुने जुनसुकै साहित्यिक कार्यक्रमका लागि वडाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    images
    images
    images

    समाजका संस्थापक अध्यक्ष निर्मल ढुङ्गानाले स्रष्टाहरूलाई योग  र ध्यानको संक्षिप्त जानकारी गराउँदै ध्यानसहितको साधनाले सफलता मिल्ने विश्वास व्यक्त गरे । 

    आगामी दिनहरूमा अनुरागले पृथक कार्यक्रम गर्ने योजना सुनाउँदै समाजकी अध्यक्ष सरस्वती बस्यालले त्यसमा सबैलाई जोड्ने योजना रहेको प्रष्ट पारिन् । प्राचीन देवदहको प्रचारप्रसारमा कार्यक्रम महत्वपूर्ण रहेको सीता माविका प्रधानाध्यापक अधिकारीले बताए । समाजका सह सचिव दीप मिलनको सञ्चालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साहित्य
  • # अनुराग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।