Logo

२०८३, श्रावण ३०गते


images
images

साहित्य

 संस्मरण : त्यो यौवनकाल र ट्वाकट्वाक आवाज

 संस्मरण : त्यो यौवनकाल र ट्वाकट्वाक आवाज

images
  • सेतोमसी सहकर्मी
  •  संस्मरण : त्यो यौवनकाल र ट्वाकट्वाक आवाज
    images
    images

    अहिले उमेरले ५२ वर्ष लागियाे। बसिबियाँलाे कलम सँग रमाउन पाएँ। मेराे जन्म धरानमा भएकाे हाे। २०३६ सालमा भैरहवामा ठुलाे दाजु यम बहादुर रसाइली भाउजु कान्ताले पहिलाे निजि आवासिय लुम्बिनी शिशु सदन बाेर्डिङ्ग स्कुल खाेल्नु भएकाे थियाे। २०७४ सालदेखि एकादेशकाे कथा भयाे। २०४०  सालमा म ठुलाे दाजु भाउजुकाे साथमा बस्न पाएँ। दाजु भाउजुकाे हातबाट म १८ वर्षमा दाम्पत्य जिवनमा बाँधिए। भैरहवामा जीवन बिताईरहेकी म २०७८ सालमा समयले सात समुन्द्र पारि सपनाकाे संसारमा हुर्यायाे।

    images
    images
    images

    बसिबियाँलाे त्यहाँ बस्दा मनमा गडेकाे केही सम्झना मध्ये एउटा लेख्न मनले धच्धचायाे  । २०४३ साल तिरकाे कुरा हाेला। जेठकाे महिना उखर्माउलाे गर्मि  थियाे। त्याे बेला त्यत्ति बिजुली जादैनथ्याे। रात भरि पङ्खा चलाएर सुत्न पाईन्थ्याे। स्कुल र घर एकै ठाउँ थियाे। बसाई दुई तला माथि थियाे। हाेस्टेलकाे भान्सा स्याहार्ने २/३ जना आफन्त छाेरीचेलीहरू थियाैं। हाेस्टेलका साना २/४ जना नानी र हामीहरू सुत्ने काेठा, घरकाे सबै भन्दा पछाडि थियाे। पछाडि सानाे बरण्डा भएकाेले दुईटा स-साना झ्यालहरू थियाे। जब म राती मस्त निदाउँन खाेज्थेँ ट्वाक ट्वाक आवाज आउथ्याे। बत्ती निभाएर सुत्थ्याैं। 

    images
    images
    images

    घरमा दाजुकाे जवान सालाे अनि दाजुकाे दुई जवान छाेराहरू म भन्दा ठुला थिए। हामी सुत्ने काेठामा सबैभन्दा ठुलाे म नै थिएँ। कसले हाेला मध्य रातमा झ्यालमा ट्वाक ट्वाक लाैरी हानेर ईशारा गर्छ। यताउता नहेरी म डरले थुरथुर हुँदै आखाँ चिम्म गर्दै निदाउन खाेज्थेँ। राति निन्द्रादेवीकाे समय भएकाेले जसाेतसाे मनमा डर पालेरै निदाउथे। बिहान कसैलाई भन्न सकिन्नथ्याे।  ४/५ दिन पछि म भन्दा सानी म  सँगै सुत्ने भदैनि सङ्गितालाई साेधे। नाई मैले त्यस्ताे कुनै आवाज सुनेकी छैन भनि। एकदिन हिम्मत जुटाएर घरमुली भाउजुलाई भने, "भाउजु राती झ्यालमा कसले हाे ट्वाक-ट्वाक लठ्ठीले हानेजस्ताे आवाज सुन्छु । १०/ १२ दिन भयाे, भुत त पक्कै हैन हाेला नि है ! "के भन्नुहुन्छ" भन्दै छक पर्नुभयाे। साेहिदिन राति के रहेछ आज अनुसन्धान गर्छु भन्नुभयाे। चुलाे चाैकाे काम  सकेर भाउजु पनि हाम्राे काेठामा आउनु भयाे। असाध्यै गर्मी भएकाेले पङ्खा चलिरहेकाे थियाे। बत्ति खुल्ला हुने नै भयाे। 

    images
    images
    images

    भाउजु अतितकाे गफ सुनाउन थाल्नुभयाे। सुनसान चकमन्न रात थियाे। सडकमा गुञ्जिने गाडिका आवाजहरू पनि चुपचाप थिए। यसैबेला मेराे नजर भित्तामा झुन्डिएकाे केलेण्डरमा गयाे। चुपचाप नियालेर हेरे। भित्तामा झुन्डिएकाे क्यालेण्डर पङ्खाकाे तेज हावाले भित्ताकाे एउटा कुनामा ठाेकिदाेरहेछ। त्यै ठाेकिएकाे आवाज सुनसान रातमा ट्वाक ट्वाक सुन्दाे रहेछ। १०/१२ दिन थुरथुर डराए र रात कटाए कि थिएँ। कठैबरा याैवनकाल थियाे। म भने कसले पाे झ्यालमा लठ्ठीले ट्याक-ट्याक हानेर  ईशारा गर्छ भनेर पाप मन चिताएँ । वनकाे बाघले खाओस नखाओस मनकाे बाघले खायाे। अहिले सम्झिदा आफैलाई हाँसाे लागेर आउँछ।  

    - गङ्गा 'अभिलाषी' 
    काेलाेराडाे, अमेरिका

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।