Logo

२०८३, श्रावण ३०गते


images
images

साहित्य

हेमजा साहित्य महोत्सव : कवि मुकुन्दशरण उपाध्यायलाई नागरिक अभिनन्दन

हेमजा साहित्य महोत्सव : कवि मुकुन्दशरण उपाध्यायलाई नागरिक अभिनन्दन

images
  • हेमजा साहित्य महोत्सव : कवि मुकुन्दशरण उपाध्यायलाई नागरिक अभिनन्दन
    images
    images

    पोखरा । कवि मुकुन्दशरण उपाध्यायलाई जन्मस्थल हेमजामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ ।

    images
    images
    images

    पोखरेली साहित्यका मूर्धन्य व्यक्तित्वका रूपमा परिचित उपाध्यायलाई हेमजा साहित्य महोत्सवका अवसरमा नागरिक अभिनन्दन गरिएको हो । उनलाई पोखरामा क्रियाशील साहित्यिक सङ्घ संस्थाहरूको तर्फबाट पोखरा महानगरका प्रमुख धनराज आचार्यले उक्त सम्मान प्रदान गरेका हुन् ।

    images
    images
    images

    शुक्रवार र शनिवार हेमजामा भएको साहित्य महोत्सवमा साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान उजिल्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । महोत्सव अन्तर्गत पहिलो दिन नेपाली नाटक तथा रङगमञ्च, महाकाव्य लेखन, नेपाली आख्यान, मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका बारेमा परिसंवाद भएको थियो ।

    images
    images
    images

    त्यस अवसरमा सष्ट्राहरुले साहित्यमा व्यङग्यात्मकता झल्कनुपर्ने स्पष्ट पार्दै नेपालको वहुलता, विभिन्नता तथा नेपाली माटो सुहाउँदो साहित्य आवश्यक रहेको औल्याएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साहित्य
  • # हेमजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।