Logo

२०८३, श्रावण ३०गते


images
images

पागल, पागल्नी र चोर

पागल, पागल्नी र चोर

images
  • सेतोमसी सहकर्मी
  • पागल, पागल्नी र चोर
    सुबानी न्यौपाने
    images
    images

    म त्यो हु, जस्को कुनै अस्तित्व नै छैन। बेरोजगार लाचार भै समयको गति सङै चल्दै छु। म आफुलाइ खै के भनी चिनाउ। मैले पायका धेरै उपनामहरु छन् । समाजको लागि कुनै अस्तित्व नभएको तर धेरै नाम कमाएको । नत मेरो बास स्थान को कुनै ठेगान छ, नत गासको  । कहिले कति बेलासम्म भोको पेट सुत्नु पर्ने हो, त्यो पनि थाहा छैन ।

    images
    images
    images

    अरुको आश र भर मा बाचिरहेको मान्छे म ।

    images
    images
    images

    म हात खुट्टा  चल्ने एक युवक हुँ । तर बाध्यता, मेरो यो समाजमा कुनै स्थान नभएकोले, म गरिब भएकाले, हजुर गरिब पनि के भनु , म सङ्ग त केही पनि छैन । मात्र मेरो शरीर, रित्तो मान्छे म । तिमि गाडीमा गुडने, महलमा बस्ने र सधै रोजि रोजि खान पुग्नेलाई के थाहा मेरो पिडा ।

    images
    images
    images

     

    दिनरात, खाली खुट्टा, न त घाम, न जाडो न बर्खा छेक्ने ध्वस्त लुगा । त्यो पनि कसैले दिन्छ कि भन्दै भौतारिदै बाटोमा माग्दै हिड्छु। हो म काम गर्न सक्ने देखिन्छु, तर मलाइ पागल बौलाहा को उपनाम दिईन्छ, म लाचार छु।

    तिमिहरु के बुज्थेउ मेरो लाचारीको पिडा।

    °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

    महिला हुँ म, त पागल्नी को उपनामले चिनिन्छु। रातारात जडयाहरुबाट बलात्कृत हुन्छु। त्यो बेलामा चाँही म पागल्नी रहेको कुनै मत्लब हुदैन। तर अफसोंच मलाइ समाजले न्याय दिनुको सट्टा फेरि पनि पागल्नीकै  उपनाम दिन्छ। के भनु म ? मलाइ त कुब्यवहार माथी आवाज उठाउने पनि कुनै अधिकार छैन।  मेरो आवाज सुन्छ नै कस्ले ?

    °°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

    म त्यहि बाटोमा माग्दै हिंड्ने सानो बालक आफ्नो पेट भर्न भन्दै केही पैसा माग्दै, खुट्टा समाउन पनि पुग्छु । उल्टो मलाइ  ढुङगा बर्साइन्छ, मलाइ लत्याइन्छ।

    नत मैले जीवन को रङ्गिन सपना देख्छु, नत सपना साकार गर्न तिमीहरूले जस्तो झेल बुन्छु। मात्र आफ्नो भोको पेट भर्न , निरन्तर चलिरहेको समय लाई म कबुल गर्छु। जब म हप्तौं सम्म भोको पेट हुन्छु, अनि मात्र म लुट्न पनि बाध्य हुन्छु।

    तिमीहरु मलाइ चोरको उपनाम दिन्छौ , ढुंगा  बर्साउछौँ। म लडेको चोटपटक लागेको कस्ले देख्छ र? मात्र म ओत लाग्न, त्यहि चोट सङ्गै एक रात कटाउने सडक पेटि खोज्दै हिडछु।

    - सुबानी न्यौपाने, देवदह

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।