Logo

२०८३, श्रावण ३१गते


images
images

कथा - प्रथम रजस्वला

कथा - प्रथम रजस्वला

images
  • सेतोमसी सहकर्मी
  • कथा - प्रथम रजस्वला
    images
    images

    एउटा कुनामा बसेर छटपटाउदै, रुदै थिइ।
    उस्को हालत देखेर बुज्न सकिन्थ्यो उ आत्तिएकी छ ।

    images
    images
    images

    ऊ भर्खर १२ पुगेर १३ मा टेक्दै थिई, ऊ डराइरहेकी थि । उस्को यो अवस्था देखेर आफै  बुज्न सकिन्थ्यो उ पिडामा थिइ।
    उ कसैलाइ पुकर्दै थिइ । उ भन्दै थि मेरो पेट दुखेको छ । मेरो शरीर दुखेको छ । मेरो शरीरबाट रगत बगिरहेको छ।

    images
    images
    images

    मलाई एउटा पराइ झै ब्यवहार किन गरिदै छ । मलाई यो कोठामा एक्लै डर लाग्दैछ, यहाँ मलाइ किन यसरी राखिदै छ। घामको किरणहरुबाट किन लुकाइदै छ । उस्को मनमा प्रश्नहरुको खानी भरिएको थियोे ।

    images
    images
    images

    मैले मेरा दाइलाइ, बाबालाइ हेर्न, छुन किन पाउदिन् । उ भन्दै थि मलाई येस्तो किन गरिदैछ्। हिजो ज्वरो आउदा, म सङै बसेर ख्याल राख्ने मेरि मामु, छोरीलाई  सन्चो नहुँदा अस्पताल लगेर जाने मेरा बाबू, आज यसरि पिडामा छट्पटाइरहदा मलाइ हेर्न समेत आउनुभएको छैन… ।

    मेरो दाइ जो मसङ झगडा गर्दै हासेर खेल्ने गर्थ्यो । उस्को आज मैले अनुहार समेत हेर्न पाएको छैन । मलाइ बहिनी भनेर पुकार्दै यो काेठामा समेत आएको छैन । हिजो सम्म मैले एउटा टेबलमा बसेर सङै खाना खाने गर्थे आज मैले देख्न समेत पाएकी छैन, आखिर किन …? 

    आज म भिन्नै काेठामा बसेर किन खानु ?
    आमा, मलाइ यो खाना रुचेको छैन । मलाइ पनि हजुर हरु संगै बसेर खानु छ । आमा हेरन, मलाइ यी भित्ताहरुले गिजाइरहेकाछ्न ।  राती मलाई डराउन दिदैछ्न । मलाइ डर लाग्दै छ । हिजोसम्म म तिम्रो अङालोमा बाधियर सुत्ने आज यो काेठामा एक्लै कसरी सुतुँ ? आउन मलाइ तिम्रो काख्मा बाधिएर सुत्न चाहान्छु । तिम्रो हात्को खानाको गाँस खान चाहान्छु ।

    सुनन मेरि आमा, मेरा पाउ दुख्दै छ्न।
    मलाइ तिम्रो अनि मेरो बाबाको साथ चाहिएको छ । म पिडामा छु ........

    जबाफ आउँछ म बाध्य छु छोरी, यी समाजका कुटनितिक रितिहरुबाट म बाध्य छु छोरी । म बुज्न सक्छु, आखिर म पनि यहि अवस्था पार गरेर आएकि हुँ । तिमी अब पूरा नारी भएकी छौ । तिमी महिनाबारी भएकी छौ। तिमिले ती पीडालाई कमजोरी हैन आफ्नो तागत बनाउनु पर्छ ।
    तिमी डराउने हैन, अब साहसी बन्नुपर्छ ।

    बस, म बाध्य छु छोरी ।

    ✍️ सुबानी न्यौपाने, देवदह

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुबानी न्यौपाने
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।