एउटा कुनामा बसेर छटपटाउदै, रुदै थिइ।
उस्को हालत देखेर बुज्न सकिन्थ्यो उ आत्तिएकी छ ।
ऊ भर्खर १२ पुगेर १३ मा टेक्दै थिई, ऊ डराइरहेकी थि । उस्को यो अवस्था देखेर आफै बुज्न सकिन्थ्यो उ पिडामा थिइ।
उ कसैलाइ पुकर्दै थिइ । उ भन्दै थि मेरो पेट दुखेको छ । मेरो शरीर दुखेको छ । मेरो शरीरबाट रगत बगिरहेको छ।
मलाई एउटा पराइ झै ब्यवहार किन गरिदै छ । मलाई यो कोठामा एक्लै डर लाग्दैछ, यहाँ मलाइ किन यसरी राखिदै छ। घामको किरणहरुबाट किन लुकाइदै छ । उस्को मनमा प्रश्नहरुको खानी भरिएको थियोे ।
मैले मेरा दाइलाइ, बाबालाइ हेर्न, छुन किन पाउदिन् । उ भन्दै थि मलाई येस्तो किन गरिदैछ्। हिजो ज्वरो आउदा, म सङै बसेर ख्याल राख्ने मेरि मामु, छोरीलाई सन्चो नहुँदा अस्पताल लगेर जाने मेरा बाबू, आज यसरि पिडामा छट्पटाइरहदा मलाइ हेर्न समेत आउनुभएको छैन… ।
मेरो दाइ जो मसङ झगडा गर्दै हासेर खेल्ने गर्थ्यो । उस्को आज मैले अनुहार समेत हेर्न पाएको छैन । मलाइ बहिनी भनेर पुकार्दै यो काेठामा समेत आएको छैन । हिजो सम्म मैले एउटा टेबलमा बसेर सङै खाना खाने गर्थे आज मैले देख्न समेत पाएकी छैन, आखिर किन …?
आज म भिन्नै काेठामा बसेर किन खानु ?
आमा, मलाइ यो खाना रुचेको छैन । मलाइ पनि हजुर हरु संगै बसेर खानु छ । आमा हेरन, मलाइ यी भित्ताहरुले गिजाइरहेकाछ्न । राती मलाई डराउन दिदैछ्न । मलाइ डर लाग्दै छ । हिजोसम्म म तिम्रो अङालोमा बाधियर सुत्ने आज यो काेठामा एक्लै कसरी सुतुँ ? आउन मलाइ तिम्रो काख्मा बाधिएर सुत्न चाहान्छु । तिम्रो हात्को खानाको गाँस खान चाहान्छु ।
सुनन मेरि आमा, मेरा पाउ दुख्दै छ्न।
मलाइ तिम्रो अनि मेरो बाबाको साथ चाहिएको छ । म पिडामा छु ........
जबाफ आउँछ म बाध्य छु छोरी, यी समाजका कुटनितिक रितिहरुबाट म बाध्य छु छोरी । म बुज्न सक्छु, आखिर म पनि यहि अवस्था पार गरेर आएकि हुँ । तिमी अब पूरा नारी भएकी छौ । तिमी महिनाबारी भएकी छौ। तिमिले ती पीडालाई कमजोरी हैन आफ्नो तागत बनाउनु पर्छ ।
तिमी डराउने हैन, अब साहसी बन्नुपर्छ ।
बस, म बाध्य छु छोरी ।
✍️ सुबानी न्यौपाने, देवदह
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology