Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह ११ मा स्वास्थ्य सेवा केन्द्र उद्घाटन, अब नगरका १२ वटै वडामा स्वास्थ्य सेवा

देवदह ११ मा स्वास्थ्य सेवा केन्द्र उद्घाटन, अब नगरका १२ वटै वडामा स्वास्थ्य सेवा

images
  • देवदह ११ मा स्वास्थ्य सेवा केन्द्र उद्घाटन, अब नगरका १२ वटै वडामा स्वास्थ्य सेवा
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ११ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रम बीच देवदह नगरप्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आधारभुत स्वास्थ्य सेवा केन्द्र सहदौनियाको उद्घाटन गरे । 

    images
    images
    images

    कार्यक्रमम बोल्दै नगरप्रमुख खरेलले नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई महत्व दिएर काम गरिरहेको बताए ।  देवदह नगर अस्पताल उद्घाटनदेखि स्वास्थ्य विमाको प्रथम बिन्दु नगर अस्पताललाई बनाउनेसम्मको काम यहाँको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण कार्य भएको उनले बताए । 

    images
    images
    images

    त्यसैगरी स्थानीय विद्यालाहरूमा दरबन्दी मिलान लगायतका कामसहित शिक्षाको गुणस्तर वृद्धिमा नगरपालिकाले काम गरिरहेको उनको भनाई छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले स्वास्थ्य मानवजीवनको पहिलो आवश्यकता भएको बताइन् । नागरिक स्वस्थ भएमात्र राज्य स्वस्थ हुने र समग्र प्रणाली व्यवस्थित हुने भएकोले नगरपालिकाले नगरबासीको स्वास्थ्य र स्वस्थ जीवनको लागि काम गरिरहेको उनले बताइन् ।

    देवदह नगरपालिका वडा नं ११ का अध्यक्ष दुधनाथ यादवले स्वास्थ्य सेवा केन्द्र सुरु भएपछि देवदहको तल्लो क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच हुने बताए । भवन निर्माण कार्यदेखि यसको सुरुवातसम्म वडा कार्यालयले निरन्तर संघर्ष गरिरहेको उनको भनाइ छ । 

    वडा नं ११ मा विधिवत स्वास्थ्य सेवा केन्द्र सुरुवात  भएसंगै नगरपालिकाका १२ वटै वडामा स्वास्थ्य सेवा केन्द्र  संचालन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिए ।  

    यसअघि वडा अध्यक्ष अमर बहादुर चौधरी रहेको अवस्थामा वडाको कुन क्षेत्रमा स्वास्थ्य सेवा केन्द्र बनाउने भन्ने विवाद भएपछि लामो समय निर्माण हुन सकेको थिएन । स्वास्थ्य चौकीको भवन गतसाल निर्माण भएर जेठ २४ देखि संचालनमा रहेको भएपनि आइतबार विधिवत सुरुवात गरिएको वडा अध्यक्ष दुधनाथ कुँवरले बताए । 

    स्वास्थ्य सेवा केन्द्रमा हाल दुई जना कर्मचारी कार्यरत छन् । जसबाट वडा नं ११ र १२ का नागरिक लाभान्वित हुने छन् । जेठ २४ बाट हालसम्म एक हजार ८०० जनाले सेवा लिएको वडा कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।