Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह-११ मा साँझ ४ देखि ७ बजेसम्म मात्र मदिरा किनबेच र सेवन गर्न पाईने

देवदह-११ मा साँझ ४ देखि ७ बजेसम्म मात्र मदिरा किनबेच र सेवन गर्न पाईने

images
  • देवदह-११ मा साँझ ४ देखि ७ बजेसम्म मात्र मदिरा किनबेच र सेवन गर्न पाईने
    images
    images

    नविन लुईंटेल, देवदह । देवदहमा मदिरा कारोबार र सेवनमा कडाई गरिएको छ ।  नगरपालिको वडा नं ११ ले मदिरा कारोबार र सेवनमा कडाई गर्दै हरेक दिन साँझ ४ देखि ७ बजेसम्म मात्र मदिरा किनबेच र सेवन गर्न पाईने निर्णय गरेको छ । 

    images
    images
    images

    मंगलबार वडा अध्यक्ष दुधनाथ यादवको अध्यक्षतामा स्थानिय टोल विकास संस्थाका पदाधिकारी, प्रहरी प्रशासनसहित बसेको बैठकले नियम विपरीत मदिराजन्य पदार्थको कारोबार र सेवन गरे विक्री गर्नेलाई एक हजार र सेवन गर्नेलाई पाँच सय रूपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको छ । 

    images
    images
    images

    मदिराको प्रयोगले स्वास्थ्यमा हानीसंगै पारिवारिक र सामाजिक सद्भावमा समेत आँच पुर्याउने भएकोले कारोबार र सेवनमा कडाई गरिएको अध्यक्ष दुधनाथ यादवले जानकारी दिए । सेतोमसीसंग कुरा गर्दै उनले भने, "मान्छेहरू राती अबेरसम्म दारुपानीमा झुम्ने, झैझगडा गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने भएकोले यस्तो निर्णय लिईएको हो ।"

    images
    images
    images

    वडाले गरेको निर्णय नगरपालिकालाई पठाईने र कार्यान्वयन गरिने वडा कार्यालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।