देवदह । सुनौलो बिहानी फुर्तिलो समूहले बुटवलमा सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७० युनिट रगत सङ्कलन भएको छ ।
हरेक दिन बिहान बुटवलको लक्ष्मीनगर र दीपनगर सिद्धेश्वरी स्कुलको मैदानमा नि:शुल्क व्यायाम गर्दै आइरहेको फुर्तिलो समुहले रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा तीन जना दृष्टिबिहिनसहित ७० जनाले रक्तदान गरेको समुहका सदस्य इश्वरी गौतमले जानकारी दिए ।
समुहका अध्यक्ष अनन्तमान थैबको अध्यक्षता, नेपाल स्वयमसेबी रक्तदाता समाजका केन्द्रिय महासचिव एवं रुपन्देही जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यता, समुहकी उपाध्यक्ष बिष्णुमाया श्रेष्ठको संयोजन र सचिब देबिराम पन्थिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology