देवदह । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले ठूला राजनीतिक दलका नेताहरुले सहकारीलाई बदनाम गरेको बताएका छन् । रुपन्देहीको देवदहमा शनिवार निर्माण बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै सभामुख घर्तीले राजनीतिक दलका कतिपय नेताहरु सहकारीको रकम अपचलनमा संलग्न भएकाले उनीहरुले सहकारीलाई समेत बदनाम गराएको बताए ।
उनले भने “आजभोली देशका हरेक सञ्चार माध्यम र सामाजिक सञ्जालमा सहकारी ठगका कुरा आउने गर्छन् । केहीदिन यता संसदमा समेत सहकारीकै बिषयमा बहस हुन थालेको देखिन्छ ।”
ठुला दलका नेताहरु आर्थिक-साँस्कृतिक रुपमाअनुशासीत नहुँदा जनतामा निराशा छाएको उनले बताए । ‘प्राकृतिक रुपमा हाम्रो देश सुन्दर छ, तर केही भ्रष्टहरुका कारण देश कुरुप बन्दै गएको छ ।’ सभामुख घर्तीले भने “ठुला भनिने नेताहरु भ्रष्ट भैदिदा स्थानिय स्तरमा रहेका साना नेता र कार्यकर्तालाई मुख देखाउन गाह«ो हुन थाल्यो ।”
देशभर ३० हजार भन्दा बढी सहकारी दर्ता भएको र २८ हजारको हाराहारीका सहकारी अस्तित्वमा रहेको उल्लेख गर्दै उनले ४० वटा जती खराब सहकारीका कारण सम्पूर्ण सहकारी बद्दाम हुनुपरेको उल्लेख गरे ।
सभामुख घर्तीले पछिल्लो समय देशमा किन बस्ने भन्ने जस्ता भाष्य विकास भएको भन्दै यसलाई चिर्नको लागि सहकारीहरुले उत्पादनमुखी कार्यक्रम अघि सार्नुपर्ने सुझाब दिए ।
देशको आर्थिक विकासको मेरुदण्ड सहकारीलाई प्रदेश र स्थानिय निकायले सहलगानी मार्फत प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै उत्पादन र स्वरोजगारी सिर्जना गर्नतर्फ अग्रसर हुन सहकारीहरुलाई सभामुख घर्तीले आग्रह गरे ।
कार्यक्रममा बोल्दै राष्टिय सहकारी महसंघको केन्द्रिय लेखा समिति संयोजक भिम प्रसाद तुलाचनले ठुला सहकारीहरुले बदमासी गर्दा साना सहकारीलाई समस्या परेको बताए । उनले भने, 'सहकारीहरुले उद्धेश्यमा केन्द्रित भएर लगानी र कारोवार गर्ने हो भने जोखिम कम हुन्छ ।' सहकारीहरु उत्पादनसंग जोडिने हो भने त्यसले संचलक र सदस्यहरु विचको सम्बन्ध समेत मजबुद हुने बताउँदै उनले ईमान्दार संचालक छनौटमा सदस्यहरुले ध्यान दिनुपर्ने बताए ।
सो अवसरमा राष्टिय सहकारी महासंघ संचालक समिति सदस्य टिका गौतम, राष्टिय सहकारी बैङ्क लुम्बिनी प्रदेश प्रमुख नारायणप्रसाद वेल्वासे, बहुउद्धेश्शीय सहकारी संघ संचालक समिति सदस्य महेन्द्र अर्याल, संस्थाका सल्लाहकार बासुदेव रिमाल, शुभचन्द्र भुषाल, सेयर सदस्य तथा पत्रकार तिलोचन दहाल लगायतले बोल्दै सहकारीले उत्पादनसंगै बजारीकरणमा समेत लाग्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष मोतीलाल ढकालको अध्यक्षता, उपाध्यक्ष सुन्दरी गिरीको स्वागत र व्यवस्थापक सुशिला भण्डारीको सन्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष अमृतबहादुर फुल्लेलले आर्थिक बर्ष २०८०÷०८१ को ९८ लाख ८७ हजार बढिको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
चालु अर्थिक वर्षमा एक करोड ३५ लाख बढिको कारोवार गर्ने लक्ष्य राखेको सहकारीले साधारण सभाको अवसर पारेर असल ऋणीको रुपमा मिलन कुमार आले, जेष्ठ सदस्यको रुपमा माधव प्रसाद आचार्य, खुनमाया गुरुङ्ग, उत्कृष्ट कर्मचारीको रुपमा संगीता कुमाल र उत्कृष्ट सेयर सदस्य बृद्धि गरेको भन्दै कर्मचारी कुन्ती सिंजालीलाई सम्मान गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology