Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा निति र कानुन निर्माणमा दुरगामी सोंच चाहिन्छ: सभामुख घर्ती मगर

शिक्षा निति र कानुन निर्माणमा दुरगामी सोंच चाहिन्छ: सभामुख घर्ती मगर

images
  • शिक्षा निति र कानुन निर्माणमा दुरगामी सोंच चाहिन्छ: सभामुख घर्ती मगर
    फाईल फोटो
    images
    images

    कपिलवस्तु । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा नितिमा सुधार गर्नुपर्ने बताएका छन् । नेपाल आदर्श नमुना माध्यमिक विद्यालय शिवराज नगरपालिका -१ शिवपुर कपिलवस्तुको ४८ औं बार्षिक उत्सवमा बोल्दै सभामुख घर्तीमगरले शिक्षा क्षेत्रको निति निर्माण र कानुन निर्माण गर्दा  दुरगामी सोंच चाहिनेमा जोड दिए। 

    images
    images
    images

    शिक्षा संविधानमा मौलिक अधिकारको रुपमा रहेकाले शिक्षाको विकास सरकारको प्रमुख दायित्व रहेको उल्लेख गर्दै उनले शिक्षा सम्बन्धि ऎन ब्यवहारिक र बैज्ञानिक बनाउने बताए ।  विद्यालयको भौतिक विकासभन्दा पनि शिक्षामा गुणस्तर वृद्धि गर्न सुझाब दिए। विद्यालयको विकासमा आवश्यक सहयोग र पहल गर्ने उनको भनाई छ। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमान केसीले साधारण र प्राबिधिक दुबैमा विद्यालय अब्बल रहेको बताए। प्राबिधिक तर्फ पशु बिज्ञान अध्ययन अध्यापन हुँदै आएको जानकारी दिंदै  उनले विद्यालयलाई बहुप्राबिधिक रुपमा संचालन गर्ने उदेश्य रहेको बताए।  

    images
    images
    images

    ३३८४ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अस्थायी र निजि श्राेतका गरि १ सय बढी शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।