Logo

२०८३, श्रावण ३०गते


images
images

कार्यान्वयन गर्न सकिने मात्र कानून बनाउनु पर्नेमा सभामुख घर्तीमगरको जोड

कार्यान्वयन गर्न सकिने मात्र कानून बनाउनु पर्नेमा सभामुख घर्तीमगरको जोड

images
  • कार्यान्वयन गर्न सकिने मात्र कानून बनाउनु पर्नेमा सभामुख घर्तीमगरको जोड
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिने मात्र कानुन बनाउनु पर्ने बताएका छन्।  संयुक्त राष्ट्रसंघीय महिलाविरुद्ध  हुने सबै प्रकारका भेदभाव  उन्मुलन गर्ने  महासन्धि  आवधिक  प्रतिबेदन  सम्बन्धि  प्रादेशिक  सरोकारवालाहरुको परामर्श  गोष्ठीलाई  सम्बोधन गर्दै सभामुख  घर्ती मगरले कार्यान्वयन गर्न नसकिने कानुन बनाउनुको औचित्य नहुने बताए। 

    images
    images
    images

    "अझै पनि महिलाहरु विभेदबाट मुक्त हुन सकेका छैनन्, कतिपय कानुन समेत महिलामैत्री नहुँदा समस्या परेको छ" उनले भने,  "महिला मैत्री कानुन बनाउन म तत्पर छु। " 

    images
    images
    images

    सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय समुदायमा नेपालको यथार्थता झन्ल्किने प्रतिवेदन पेश गर्न सुझाव दिदै उनले भने, "बनावटि होइन, यथार्थ रिपोर्ट राख्नुस, गर्न सकिने कुराको मात्र प्रतिबद्धता  गरौं ।"  

    images
    images
    images

    रास्ट्रिय मानव अधिकार  आयोग, रास्ट्रिय महिला आयोगले मंगलबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको उक्त  कार्यक्रममा  उप सभामुख मेनुका खाड केसी,  आयोगका अध्यक्ष तप बहादुर  मगर, रास्ट्रिय महिला आयोगका सदस्य जया घिमिरे,  तिलोत्तमा नगरपालिकाका उप मेयर जागेश्वरि चौधरी, सामाजिक विकास मन्त्रालयका सचीव कृष्ण पन्थी, आयोगको सदस्य लिली थापा, युन एफ पिएका लैगिक तथा मानव अधिकार बिज्ञ कमला बिष्ट लगायतले सुझात्मक मन्तव्य राखेका थिए  ।    

    सो अवसरमा आयोगका सह सचीव नवराज सापकोटाले संयुक्त राष्ट्रसंघीय महिला  विरुद्ध  हुने सबै प्रकारका भेदभाव  उन्मुलन सम्बन्धि  समितीबाट  नेपालको छैटौं  आवधिक प्रतिबेदनको बारेमा प्रस्तुति राखेका थिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।