Logo

२०८३, श्रावण ३०गते


images
images

सभामुख घर्तीमगरद्धारा बाढी पहिरो र खोलाको कटानको निरिक्षण

सभामुख घर्तीमगरद्धारा बाढी पहिरो र खोलाको कटानको निरिक्षण

images
  • सभामुख घर्तीमगरद्धारा बाढी पहिरो र खोलाको कटानको निरिक्षण
    images
    images

    बुटवल । बाढीपहिरो र खोलाको कटानले क्षती पुराएको  तिनाउ गाउँपालिका–१, कचल र २ को दोभानमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मंगलवार स्थलगत निरिक्षण गरेका छन । 

    images
    images
    images

    दोभान र कचलका विभिन्न स्थानमा दोभान खोलामा आएको बाढीले धान खेत कटान गर्नुका साथै केही घर परिवार विस्थापित गराएको छ  । 

    images
    images
    images

    बाढीले तिनाउ गाउँपालिका–२, दोभानको बगाहा, पासकुण्ठ, वेओरे, भुताहा, घोडेबास लगायतका स्थानमा ठूलो क्षति गरेको हो । भुताहामा सन्त बहादुर जिसीको खेत खोलाले कटान गरेको छ । दोभानकै व्योरेमा मोहन जिसी र जेदे नेपालीको खेत खोलाले कटान गरेको छ ।

    images
    images
    images

    दोभानकै बगाहास्थित पदमबहादुर जिसीको दुई रोपनी खेत र टंकलाल गिरीको केही खेत बगाएको छ । कटानका कारण सोही स्थाननजिक रहेको झोलुङेपुलसमेत खतरामा परेको छ । दोभान पासकुण्डामा अवस्थित शारदा प्रसाद न्यौपाने, विष्णु अर्घाली र गोपाल विकको झन्डै सात रोपनी खेत कटान गरेको छ ।  खोलाको कटानले सयौ रोपनी खेतीयोग्य जमिन मासिएको दोभानका पूर्ववडाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

    दोभानमा झ्याङ्लामा ह्युम पाइप राख्दा बसन्त कुमालको घरलाई क्षति पुगेको छ । तिनाउ गाउँपालिका–१, कचल, ओखलढुंगाको मोटरबाटोसमेत पहिरोका कारण क्षति पुगेको श्रेष्ठले बताए । तिनाउ गाउंपालिका १ र २ वडा जोड्ने काठे पुल वगाउदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । 

    कचल अनन्ठाको दिलबहादुर बगालेको घर र खेतमा बाढीले क्षति पुगेको छ । कचलका मीन बहादुर कार्की, कोशल राज सोमरेको खेत खोलाले कटान गरेको स्थानीयले बताए ।

    तिनाउ–१, उदाङमा खानेपानीको ट्यांकी पहिरोले क्षति पुगेको छ ।  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले तिनाउ गाउँपालिकमा वाडी  पहिरो प्रभावित बस्ति  पासकुण्डा,बगाह र कुर्मान खोलाको काठे पुल निर्माण स्थलमा पुगेर निरीक्षण गर्नुका साथै  जनश्रमदानमा सहभागी भएर फर्केको उन्को स्वकीय सचिव दिनेश जिसीले जानकारी दिए ।

    पासकुण्डामा बाढी पहिरोवाट  बिस्थापित परिवार शारदा प्रसाद न्यौपाने ९गोपाल०  तथा तथा कटान प्रभावित बिश्व अर्गली, सुन्तली बिक लगायतसंग  भेट गरि पुनःस्थापन र कटान रोक्ने तटबन्धनको यथाशीघ्र पहल गर्ने बताए । तिनाउ १ र २ वडालाई  जोड्न बगाएको काठे पुल मर्मतकोलागी भएको जनश्रमदानमा समेत सभामुख घर्ती मगर सहभागी भएको उनको सचिवालयले जनाएको छ ।

    उक्त स्थानमा चालु आब मा काम सुरु गर्ने गरि २.५ करोड बजेट बिनियोजन गरिएको बताउदै पक्की पुलको काम सुरु गर्न पहल गरिरहेको स्थानीयलाई जानकारी गराएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख घर्तीमगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।