बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागी राजनीतिक नेतृत्वको इच्छा शक्ति आवश्यक रहेको बताएका छन् ।
शनिबार बुटवलमा आयोजित नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेश प्रथम अधिबेशनको उद्घाटन गर्दै राजनीतिक इच्छा विना कुनै पनि काम अघि बढ्न बताए । शैक्षिक सुधारको लागि नेताहरुमा इच्छा शक्ति चाहिएको बताउनुहुदै उनले त्यसको लागी निरन्तर खबरदारी आवश्यक रहेको तर्क गरे ।
“गुणस्तरीय शिक्षाको लागी नेतृत्वको सोच कहीलै देखिएन । माथिबाटै कुरा विग्रएको छ । राष्ट्को लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा नीतिको लागि तपाईहरुले संघ प्रदेशमा दवाव दिनुपर्छ ।" उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology