Logo

२०८३, श्रावण ३०गते


images
images

उत्पादन कम र उपभोगमा बढी जोड दिने सोंचले आर्थिक संकट निम्त्यायो: सभामुख घर्तीमगर

उत्पादन कम र उपभोगमा बढी जोड दिने सोंचले आर्थिक संकट निम्त्यायो: सभामुख घर्तीमगर

images
  • उत्पादन कम र उपभोगमा बढी जोड दिने सोंचले आर्थिक संकट निम्त्यायो: सभामुख घर्तीमगर
    images
    images

    देवदह । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उत्पादनमा कम र उपभोगमा बढी जोड दिने सोंचले आर्थिक संकट निम्त्याएको बताएका छन्। शनिबार देवदह प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीमगरले उत्पादनमा बढी जोड दिनुपर्नेमा उपभोगमा बढी जोड दिने सोंच बदल्न आवश्यक रहेको बताए। 

    images
    images
    images

    "उत्पादन नगर्ने तर मिठै खानुपर्ने, ठुलै घरमा बस्नुपर्ने, युरोप-अमेरिका नै जानुपर्ने यस्तो सोंचको विकासले अर्थतन्त्रलाई अफ्ठ्यारोमा पारेको छ" उनले भने,- उत्पादन बढाउने र स्रोतको व्यवस्थापन गर्नेतर्फ राज्य र आमनागरिक सबैले गम्भिरतापूर्वक नसोच्ने हो भने स्थिति जटिल बन्न सक्छ।" 

    images
    images
    images

    देशका ७५ प्रतिशत युवाहरू विदेश जना बाध्य भएको उल्लेख गर्दै सभामुख घर्तीमगरले युवा पलायन रोक्न राज्यले युवामैत्री कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।  उनले भने, "अहिलेको जनगणना अनुसार २५-५० बर्ष उमेर समुहको संख्या उल्लेख्य छ, तर अबको २०-२५ वर्षपछि देशमा युवा जनशक्तिको संख्या कम हुने र जनसंख्याको धेरै हिस्सा बृद्धभत्ता खाएर बस्ने उमेर समुहको हुने भएकोले त्यो बेलाको लागि समेत अहिले नै हामीले स्रोत व्यवस्थापन गर्न जरुरि छ।"

    images
    images
    images

    फरक प्रसंगमा बोल्दै सभामुख घर्तीमगरले सरकार बदलिरहने समस्या अन्त्य हुन आवश्यक रहेको बताए। केन्द्रको समीकरण बदलिनासाथ प्रदेशमा त्यसको प्रभाव पर्नु ठिक नभएको उल्लेख गर्दै उनले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरूपमै परिवर्तन आवश्यक रहेको बताए। 

    लुम्बिनी प्रदेशमा कानुन निर्माणको अवस्था ठिकै रहेको बताएका सभामुखले प्रदेश प्रहरी ऐन र निजामति कर्मचारी ऐन प्रदेश सरकारले पास गरेर पठाएपनि संघीय सरकारले त्यसमा ध्यान नदिदा अफ्ठ्यारो परेको उल्लेख गरे। 

    स्थानिय तहमा बनेका कानुन र प्रदेश सरकारले बनाएका कानुन बाझिन नदिन स्थानिय र प्रदेशमा निर्माण भएका कानुनको एकीकृत अध्ययन अध्ययन आवश्यक रहेको उनको भनाई छ। 

    प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षता र सचिव निर्मल थापाको संचालन रहेको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी, सल्लाहकार लगायत सभामुख सचिवालयका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।