बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले स्थानीय तहमा विकास निर्माण र कानुन निर्माण एकैसाथ हुनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयले बुधबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तरकृया कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले कानुनी र संबैधानिक ब्यवस्था अनुसार स्थानीय तहसंग कानुन निर्माणमा सहकार्य, समन्वय र सहजीकरण गरिएको बताए ।
विकास निर्माणसंगै कानुन निर्माणमा पनि ध्यान दिनु जरुरी रहेको बताउदै सभामुख घर्तीमगरले कानुन निर्माणमा सानो गल्तीले दीर्घकालीन असर पुग्ने भएकाले कानुन निर्माणको पाटो संबेदनसिल हुने जिकिर गरे । कानुन निर्माणमा स्थानीय तह सक्षम हुन जरुरी रहेको उल्लेख गर्दै उनले प्रदेश सभा र स्थानीय तह बीच अन्तरसम्बन्ध स्थापित गरि सुशासन कायम गर्न र जनमैत्री काम गर्न सहयोग पुग्ने बताए ।
उप सभामुख मेनुका खाड केसीले स्थानीय तह र प्रदेश सभाबिच सहकार्य जरुरी रहेको बताईन् । प्रदेश सभा सदस्य तुल्सी चौधरीले स्थानीय तहलाई अझै कृयाशिल बनाउन स्थानीय ऐनको आवस्यकता रहेको तर्क गरिन् । प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले संघीयताले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताउदै सोही अनुसार जिम्मेवारी निर्बाह गर्न आग्रह गरे ।
कार्यक्रममा बुटवल उप-महानगरपालिका उपमेयर साबित्रा देबि अर्याल, सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरे आफूहरूलाई लगायतले कानुनी प्रक्रियामा सहभागी बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाको गतिविधि र सभा संचालन सम्बन्धि सहजीकरण गरेका थिए । कानुन उप सचिव ईश्वरी प्रसाद आचार्यले गाउँ / नगर सभा संचालन ब्यवस्था सम्बन्धी सहजीकरण गरेका थिए ।
बुटवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले २१ ऐन, १२ नियमावली, ४५ कार्यविधि, १० निर्देशिका, ४ मापदण्ड गरि ९२ ऐन, नियमावली निर्देशिका र मापदण्डमा रहि कार्य संचालन गरिएको जानकारी गराए । अन्तर्कियामा सुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौडेल, सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी लगायतले आफ्नो विचार राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology