बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सिमा समस्या कुटनितिक रुपमा समाधान गर्नुपर्नेमा दिएका छन । राष्ट्रिय स्वाभिमान अभियन्ताका स्वर्गिय गोपाल गुरुङको श्रद्धान्जली सभालाई सुस्तामा सम्बोधन गर्दै सभामुख तुलाराम घर्ती मगरले सुस्ता लगायतका सिमा क्षेत्रमा बेला बेलामा देखिने समस्याहरु दुइ देश बीच कुटनितिक रुपमा समाधान गर्न आफुले सक्दो पहल गर्ने बताए ।
२०७९ पुस ८ गते घरमै मस्तिष्कघात भएर बिरामी परेपछि गुरुङको उपचारकै क्रममा २०७९ माघ १० गते निधन भएको थियो । सभामुख घर्ती मगरले शोकाकुल परिवारजनलाइ समबेदना दिंदै सिमा क्षेत्रका बासिन्दाहरु राष्ट्रियताप्रतिको भावनाबाट बढी ओत्प्रोत भएको आफुले पाएको बताए। " सजिव जंगे पिल्लरको रूपमा सुस्ताबासि रहनु भएको छ" उनले भने स्व गुरुङ सुस्ता बचाउ अभियानका अध्यक्ष हुँदा सुस्ताका जनताको शिक्षा, स्वस्थ्यको पहुचमा सरकारसंग पुलका रुपमा पहल गर्नु भएको थियो। त्यो जिम्मेवारी अब हाम्रो काधमा आएको छ।"

सो क्रममा सभामुख घर्तीमगरले नागरिकता र लालपुर्जाको समस्या समाधानको लागि नितिगत रुपमा पहल गर्ने र सुस्ता क्षेत्रको विकासका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाए ।
सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाको अध्यक्षतामा भएको सभामा प्रदेश सभा सदस्य देवकरण कलवार, एस एस पि रेवति ढकाल, सुस्ता बचाउ युवा अभियानका अध्यक्ष योगेन्द्र गौतम, पत्रकार आर पि उपाध्याय, लैना बेगम, रबिन्द्र जसवाल लगायतले बोलेका थिए ।
यसै बिच स्व गुरुङको स्मृतिमा निर्माण गर्न लागिएको स्मृतिद्वारको सभामुख घर्ती मगरले शिल्यान्यास गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology