Logo

२०८३, श्रावण ३०गते


images
images

संघले प्रदेशलाई अधिकार नदिंदा संघीयता कार्यन्वयनमा चुनौती: सभामुख घर्तीमगर 

संघले प्रदेशलाई अधिकार नदिंदा संघीयता कार्यन्वयनमा चुनौती: सभामुख घर्तीमगर 

images
  • संघले प्रदेशलाई अधिकार नदिंदा संघीयता कार्यन्वयनमा चुनौती: सभामुख घर्तीमगर 
    images
    images

    दाङ  । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले संघले प्रदेशलाई दिने अधिकारको विषयमा कन्जुस्याइँ गरेका कारण संघीयता कार्यन्वयनमा चुनौती  देखिएको बताएका छन ।    । नेपाल कानुन  समाजद्वारा आइतबार दाङको देउखुरीमा आयोजना गरिएको  संघ , प्रदेश , स्थानीय  सरकारको प्रभावकारी समन्वय  र स्थानीय  सरकारको बर्तमान अवस्था र  रणनिति बिषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले संघीयताको मर्म अनुसार संघले काम नगरेको बताए। 

    images
    images
    images

    "संघीयताको बारेमा कतिपय  नेता र कर्मचारीको सोच नै गलत छ।" उनले भने, "सोच  नै एकात्मक छ, कसरी संघीयता कार्यान्वयन हुन्छ ।"  संघीय सरकारका कारण  शिक्षा, प्रहरी, र निजामती कर्मचारी ऎन बनाउन ढिलाइ भएको उनको भनाई छ।  

    images
    images
    images

    समाजका उपाध्यक्ष वरिष्ठ अधिबक्ता पुष्पा भुसालको अध्यक्षतामा भएको  कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघीय संसद खिमलाल देवकोटा स्थानीय तहले राम्रो काम गरेको तर समन्वय नभएको बताए ।  उनले कानुन तर्जुमामा जनशक्तिको अभाव, कानुनको अभाव नै चुनौती रहेको धारणा व्यक्त गरे। 

    images
    images
    images

    वरिष्ठ  अधिबक्ता मोहन लाल आचार्यले कानुनको सम्बन्धमा संघ प्रदेश र स्थानीय तहको समन्वय नभएको पाइएको बताए । त्यसै गरि प्रधानमन्त्री कार्यालयका सह -सचिब महादेव पन्थले तिनै तहको समन्वय गर्नको लागी समन्वयकारी संयन्त्र रहेको र केहि महत्त्वपूर्ण कानुन बन्न बाकी रहेकाले नीतिगत समस्या रहेको औंल्याए ।

    कार्यक्रममा प्रदेश सभा सदस्य खडग बस्नेत, राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश बिष्ट  लगायतले धारणा राखेका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।