बुटवल । लुम्विनी प्रदेशमा नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा परित्याग गरि सो पार्टीकि पुर्व राज्य कमिटि सदस्य तथा महिला नेतृ कल्पना सुवेदी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । बुधबार बुटवलमा एक कार्यक्रम विच माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सुबेदीलाई पार्टी प्रवेश गराएका हुन् ।
उनलाई पार्टी प्रवेश गराउँदै प्रदेश समिति अध्यक्ष वरालले बामपंथी ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताए । सो क्रममा पार्टीका कोषाध्यक्ष निर्दोष अलि, पार्टीका रुपन्देही संयोजक निर्मल जिसी लगायत उपस्थित थिए ।
यस अघि प्युठान नपा १० निवासी नेपाल कम्युनिष्ट पार्टी (माओवादी क्रान्तिकारी) राज्य समिति सदस्य तथा जनस्वयमसेवक मगरातको सहसंयोजक विश्व केसी सुवोध माओवादी केन्द्रमा प्रवेश गरेका थिए । प्युठान लगायतका अन्य जिल्लाबाट विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता ठूलो संख्यामा माओवादी केन्द्रमा फर्किन लागेको प्रदेश सचिव कृष्ण अधिकारीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology