Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक : सभामुख घर्तीमगर

निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक : सभामुख घर्तीमगर

images
  • निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक : सभामुख घर्तीमगर
    images
    images

    देवदह । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले कायम निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।  शनिबार अन्तराष्ट्रिय ग्रामिण महिला दिवस तथा अन्तराष्ट्रिय गरिबी उन्मुलन दिवसको अवसरमा परिवर्तनका लागि कार्यरत महिला समूह (वाच) द्वारा देवदहमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले यस्तो बताएका हुन् । 

    images
    images
    images

    अहिलेको निर्वाचन प्रणालीले राजनीतिक स्थायित्व दिन नसकेको उलेख गर्दै उनले कार्यपालिकाको नेतृत्व गर्नेहरूलाई जनताले प्रत्यक्ष निर्वाचित गर्न पाउने व्यवस्था हुनुपर्ने बताए । "म लुम्बिनी प्रदेश सभाको सभामुख छु । दुई वर्षमा चार जना मुख्यमन्त्रीलाई विश्वासको मत दिलाईसके अझै कतिवटा सरकार बन्ने हुन् थाहा छैन ।" उनले भने, "स्थानीय तहमा जस्तै मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने र पाँच वर्ष राज्य संचालन गर्न पाए राजनीतिक स्थायीत्वसंगै विकास कार्य सहज हुनेछ ।"

    images
    images
    images

    वाचको सन्दर्भमा कुरा गर्दै सभामुख घर्तीमगरले सबै गैरसरकारी संस्था डलर कमाउने कार्यमा क्रियाशील हुँदैनन् भन्ने उदाहरण वाच रहेको बताए ।  महिलाको विकास र समृद्धिमा वाचले गरेको कामको प्रशंसा गर्दै उनले राज्यले गर्नुपर्ने काम सामाजिक संस्थाहरूले गरिरहेकोले राज्यका निकायले सहयोग गर्नुपर्ने बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीले वाचले महिला सशक्तिकरणमा उल्लेखनिय योगदान पुर्याएको बताइन् । आफु पनि पहिले वाचमा काम गरेको र पछि अध्यक्ष नै भएर काम गरेको उल्लेख गर्दै उनले ग्रामिण महिलाको आर्थिक समृद्धि अहिलेको आवश्यकता रहेको बताइन् । 

    कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेल, लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजु, तिनाउ गाउँपालिका र सरावल गाउँपालिकाका उपाध्यक्षद्वय लालबहादुर थापा र वासमती चमार लगायतले बोलेका थिए ।

    कार्यक्रममा 'वुमन्स वर्ल्ड समिट फाउन्डेसन'ले वाचलाई प्रदान गरेको अन्तराष्ट्रिय पुरस्कार सभामुख घर्तीमगरले संस्थालाई हस्तान्तरण गरेका थिए । 

    सो अवसरमा यसअघि विश्वका १० उत्कृष्ट महिलाको रूपमा सम्मानित भएका तीन महिलाहरू निर्मला देवी चौधरी, इन्दिरा अर्याल र दिलकुमारी रोका मगरलाई वाचका कार्यकारी निर्देशक डा नारायणकाजी श्रेष्ठले सम्मान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख घर्तीमगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।