Logo

२०८३, श्रावण ३०गते


images
images

संघीयता बिरोधी गतिविधि गणतन्त्रमाथि कै प्रहार : सभामुख घर्तीमगर

संघीयता बिरोधी गतिविधि गणतन्त्रमाथि कै प्रहार : सभामुख घर्तीमगर

images
  • सेतोमसी सहकर्मी
  • संघीयता बिरोधी गतिविधि गणतन्त्रमाथि कै प्रहार : सभामुख घर्तीमगर
    images
    images

    राप्ती उपत्यका (देउखुरी ) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयता बिरोधी गतिविधि गणतन्त्रमाथि कै प्रहार भएको बताएका  छन् । १७औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति जनताले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ एकता सहितको रुपान्तरणको खाँचो रहेको बताएका हुन् । 

    images
    images
    images

    राज्य संयन्त्रमा भएका परिवर्तनहरु सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी थपिएको उल्लेख गर्दै उनले  संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुन् अनुरोध गरेका छन् । 

    images
    images
    images

    जारी सन्देशमा भनिएको छ, "नेपाली  जनताको ठूलो बलिदानीपूर्ण संघर्ष पछि उपलब्धिका रूपमा प्राप्त गणतन्त्रले सयौं वर्ष लामो निरङकुश राजतन्त्रको अन्त्य गरि जनताको छोराछोरी राष्ट्र प्रमुख हुने अवसर प्राप्तिको दिनको स्मरण गर्दै गणतन्त्र स्थापनामा योगदान पु¥याउनु हुने महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न क्रान्ति र संघर्ष लगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्तु गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण र वेपत्ता परिवार तथा घाईत योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।"

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।