Logo

२०८३, आश्विन १७गते


images
images

युएईमा मनाइयो गणतन्त्र दिवस

युएईमा मनाइयो गणतन्त्र दिवस

images
  • युएईमा मनाइयो गणतन्त्र दिवस
    images
    images

    यूएई । नेपाली राजदूतावास, अबुधाबीले गणतन्त्र दिवस २०८२ को अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्र दिवस मनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा नव नियुक्त राजदूत जनकबहादुर क्षेत्री, दुबईस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत हरिप्रसाद ओझारी, राजदूतावास तथा महावाणिज्यदूतावासका कूटनीतिक कर्मचारी, नेपाली संघ संस्था तथा व्यवसायिक समुदायका एक सय बढि प्रतिनिधिहरूको उपस्थिति थियो ।

    images
    images
    images


    कार्यक्रम बोल्दै  राजदूत क्षेत्रीले गणतन्त्र नेपालको ऐतिहासिक पृष्ठभूमि र यसको उपलब्धिहरूको चर्चा गर्दै, विदेशमा रहेका नेपालीहरूलाई आफ्नो अनुभव र सिपमार्फत मातृभूमिको समृद्धिका लागि योगदान गर्न आग्रह गरे । उनले लोकतान्त्रिक मूल्य, सुशासन, दीगो विकास र स्थायित्वमा सबैको जिम्मेवारी रहने स्पष्ट पारे ।

    images
    images
    images

    महावाणिज्यदूत ओझारीले  गणतन्त्रले नेपाली जनतामा जगाएको आत्मविश्वास, अधिकार र समृद्धिको सम्भावनाको चर्चा गर्दै विदेशस्थित नेपाली समुदायलाई राष्ट्रिय हितमा संलग्न हुन आग्रह गरे । उनले  दुबईमा महावाणिज्यदूतावासको स्थापना गर्ने नेपाल सरकारको निर्णयप्रति आभार व्यक्त गर्दै सेवा प्रभावकारी रूपमा सञ्चालन हुने बताए ।


    कार्यक्रममा एनआरएनए एनसीसी युएई, पत्रकार महासंघ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युएई
  • # गणतन्त्र दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।